काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक दोहोरो अंकले घटर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशलमव ६१ अंकले घटेर २,६३३ को विन्दुमा कायम भएको छ । आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३१२ कम्पनीको १ करोड ७२ लाख ५३ हजार ५७६ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ९२ करोड माथिको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै सिन्धु विकास बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २९ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको २६ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावर का लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । जानकी फाइनान्सका लगानीकर्ताले ९ दशलमव ९८ प्रतिशतका दरले कमाएका छन् । ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ९७ प्रतिशतका दरले कमाएका छन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ४६ प्रतिशतका दरले गुमाएका हुन् ।