काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११औँ वार्षिक साधारण सभा फागुन ६ गते मंगलबार गर्ने भएको छ । सभा काभ्रेपलाञ्चोकको पनौतीस्थित स्काई गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि गर्ने जनाएको छ ।
सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८० /८१ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षकको प्रतिवेदन सहित २०८१ आषाढ मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०८०/८१ को नाफा र नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका विवरण तथा अनुसूचीहरु छलफल गरी पारित गर्ने छ ।
सभाले आर्थिक बर्ष २०८१ /८२ को लेखा परीक्षण गर्न लेखा परीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने संस्थापक शेयरधनी तर्फको ४ जना र सर्वसाधारण शेयरधनी तर्फको २ जना गरी ६ जना सञ्चालकको निर्वाचन गर्ने जनाएको छ ।
सभाले कम्पनीको हाल संस्थापक शेयर समुह र सर्वसाधरण समुहको शेयर क्रमशः ६९.६५ र ३०.३५ रहेकोमा साविक सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर मात्र संस्थाको कुल चुक्ता पुँजीको ८.५४ प्रतिसतले सर्वसाधरण शेयरमा परिवर्तन गरी संस्थापक शेयरधनीको तर्फबाट ६१.११ प्रतिशत र सर्वसाधरण समुहको तर्फबाट ३८.८९ प्रतिसत सेयर स्वामित्व हुने गरी पुँजी संरचना परिवर्तन गर्ने र सोही बमोजिम सञ्चालकको प्रतिनिधित्व हुने गरी व्यवस्था गर्नेछ ।
सभाले यस वित्तीय संस्थाको रजिष्ट्रार (केन्द्रीय) कार्यालयको ठेगाना वागमती प्रदेश काभ्रेपलाञ्चोक जिल्ला, बनेपा नगरपालिका वडा नं. १४ मा कायम गर्ने सम्बन्धमा प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने , उपरोक्त विशेष प्रस्तावहरुका सम्बन्धमा नियमनकारी निकायहरुवाट स्वीकृति लिने, अभिलेख गर्ने क्रममा कुनै विषयमा संशोधन एवं परिवर्तन गर्ने निर्देशन भएमा सो समेत मिलाई कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन एवं परिवर्तन गर्ने लगायत अन्य सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ ।