IME Life New
GBIME

सानिमा बैंकमा निष्क्रिय कर्जाको थुप्रो, निराशमा लगानीकर्ता

SPIL
NLIC

काठमाडौं । कुनै समय निकै राम्रो मानिएको सानिमा बैंकले अहिले आफ्नो कमजोर व्यापारमा संकुचन हुन थालेको छ । बैंकको निष्क्रिय कर्जा निकै उच्च प्रतिशतले बढेको छ । बैंकको गत आवको पुससम्मको तुलनामा चालु आर्थिक वर्षको पुससम्ममा यस बैंकको निष्क्रिय कर्जा ८७.२१ प्रतिशतले बढेको छ । चालु आवको पुससम्ममा निष्क्रिय कर्जा ३.२२ प्रतिशत पुगेको छ । जबकी गत आवको सोही अवधिमा यस बैंकको निष्क्रिय कर्जा १.७२ प्रतिशत पुगेको थियो ।

सानिमा बैंकको निष्क्रिय कर्जा एनआईसी एसिया पछि वाणिज्य बैंकहरूमध्येकै धेरै वृद्धि हो । यस बैंकले निष्क्रिय कर्जा नियन्त्रण गर्नै नसकेको देखिन्छ । बैंकले विगतमा केही वर्षमा कर्जा प्रवाह गर्दा ध्यान नदिँदा त्यसको असर अहिले देखिएको र यो वृद्धि अझै माथि जाने अनुमान गरिएको छ ।

Crest

केन्द्रीय बैंकले निष्क्रिय कर्जा ५ प्रतिशतको सीमा नाघेमा लाभांश वितरण गर्न दिँदैन । सानिमा बैंक त्यसको सन्निकटमा पुगेको छ । बैंकले निष्क्रिय कर्जामा सामान्य पनि नियन्त्रण गर्न नसक्ने अवस्थामा त्यो ५ प्रतिशत पुग्ने र लाभांश रोकिनेसम्मको अवस्थामा पुग्नेछ । आगामी वर्ष बैंकको लाभांश रोकिने खतरा रहेको भन्दै लगानीकर्ताले चिन्ता व्यक्त गर्न सुरू भइसकेको छ ।

सानिमा बैंकले चालु आर्थिक वर्षको पुससम्ममा नाफा ४.७२ प्रतिशत मात्रै बढाएको छ । चालु आवको पुससम्ममा यस बैंकले १ अर्ब १९ करोड २३ लाख ११ हजार रुपैयाँ नाफा कमाएको छ । जबकी गत आवको पुससम्ममा बैंकको नाफा १ अर्ब १३ करोड ८६ लाख १४ हजार रुपैयाँ कमाएको थियो ।

चालु आर्थिक वर्षको पुस महिनासम्ममा यस बैंकको प्रोभिजनिङ रकम ७६ करोड १९ लाख ५२ हजार रुपैयाँ पुगेको छ । निष्क्रिय कर्जा बढेसँगै यस बैंकको प्रोभिजनिङ रकम पनि बढेको हो । गत आवको पुससम्मा बैंकको प्रोभिजनिङ रकम ३० करोड २३ लाख ६९ हजार रुपैयाँ थियो ।

बैंकको प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डे र अध्यक्ष टुक प्रसाद पौडेल रहेका छन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS