IME Life New
GBIME

ङादी ग्रुप पावरको हकप्रद भर्ने म्याद थपियो, अब कहिलेसम्म ?

SPIL
NLIC

काठमाडौं । ङादी ग्रुप पावरको हकप्रदमा आवेदन दिने म्याद थप गरिएको छ।

कम्पनीले गत पुस २३ गतेदेखि हकप्रद शेयर बिक्री खुला गरेको थियो। यसमा आज माघ १४ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो। तर, मागबमोजिम आवेदन नपरेकोले आवेदन दिने म्याद माघ २९ गतेसम्म थप गरिएको धितोपत्र बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले जनाएको छ।

Crest

कम्पनीले हाल कायम चुक्तापुँजीको सतप्रतिशत अर्थात हाल कायम १ कित्ता शेयरबराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद बिक्री खुला गरेको हो। यसअनुसार कम्पनीले १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ८५ लाख १२ हजार ७१२.२२५ कित्ता हकप्रद शेयर निष्कासन गरेको छ।

हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले मंसिर १८ गते बुकक्लोज गरेको थियो। त्यसकारण मंसिर १७ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले हकप्रदमा आवेदन दिन सक्नेछन्।

हकप्रद निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई केयरएनपी डबल बी प्लस इस्युअर रेटिङ प्रदान गरेको छ। यसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीको हकप्रद बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै सिद्धार्थ बैंकको विराटनगर, वीरगन्ज, नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, धनगढी र सुर्खेत शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सीडीएससीको ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी सी–आस्वा प्रणालीमार्फत पनि आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्तापुँजी १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२.५० रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी ३ अर्ब ७० करोड २५ लाख ५८ हजार ४४५ रुपैयाँ पुग्नेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS