काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको १ लाख १३ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ।
बैंकको संस्थापक समूहको १ लाख १३ हजार २३८ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंकका विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद निवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीहरुले शेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्नेछ। निवेदन बैंकको काठमाडौं लाजिम्पाटस्थित शेयर शाखामा दिन सकिनेछ।
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।