काठमाडौं । सन नेपाल लाइफको गण्डकी प्रदेश प्रमुखमा ईश्वर विकल सापकोटा भित्रिएका छन् । सापकोटाले प्रदेश प्रमुखको जिम्मेवारी सम्हालेको औपचारिक घोषणा सन नेपाल लाइफले आधिकारिक सामाजिक सञ्जाल फेसबुक मार्फत गरेको छ ।
जीवन बीमा पेशामा ढेड दशक देखि सकृय सापकोटासँग कुशल प्रशिक्षण, अनुसन्धान एवम् अध्यापन कार्य गरेको अनुभव छ । सापकोटा प्राइम लाइफ इन्स्योरेन्सबाट जीवन बीमा क्षेत्रमा प्रवेश गरेको हुन् ।
उनि प्राइम लाइफपछि साबिक ज्योति लाइफ इन्स्योरेन्स हुँदै सुर्यज्योति लाइफमा क्षेत्रिय प्रबन्धकको रुपमा आबद्ध भएका थिए । सापकोटाले भारतको सिक्किम मनिपाल विश्वविद्यालयबाट स्नातकोत्तर तहको शैक्षिक उपाधि हासिल गरेका छन् ।