काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ। नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ को विन्दुमा झरेको छ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूहमा बढोत्तरी भएको छ भने ८ वटामा गिरावट आएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक ०.७५ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ।
आज बजारमा ११६ कम्पनीको शेयरभाउ बढेको छ भने १२१ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको ३९ करोड ५३ लाख रुपैयाँको भएको छ।
बजारमा आज उपकार लघुवित्त र माथिल्लो मैलुङ खोला जलविद्युतको शेयरभाउमा १० प्रतिशत तथा कर्पोरेट डेभलपमेन्ट बैंक र आरम्भ चौतारी लघुवित्तको शेयरभाउमा १० प्रतिशतको हाराहारीको वृद्धिका साथ सकारात्मक सर्किट लागेको छ।
आज सर्वाधिक शेयरभाउ बढेका १० कम्पनी