काठमाडौं । शेयर बजारमा आइतबार दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ को विन्दुमा बन्द भएको छ।
बजार घट्दा नेप्से उपसमूहमा रहेका ५ वटा समूहमा हरियाली छाएको छ भने ८ वटामा रातो पोतिएको छ। यो दिन लघुवित्त समूह सर्वाधिक ०.७५ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ४.७६ प्रतिशतले घटेको छ।
आज बजारमा ११६ कम्पनीको शेयरभाउ बढेको छ भने १२१ वटाको घटेको छ। यो दिन ६ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ९ अर्ब १२ करोड ८६ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सप्तकोशी डेभलपमेन्ट बैंकको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- सप्तकोशी डेभलपमेन्ट बैंकः ३९ करोड ५३ लाख रुपैयाँ
- नेपाल रिइन्स्योरेन्सः ३८ करोड ४२ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ३५ करोड ८७ लाख रुपैयाँ
- सिन्धु विकास बैंकः २९ करोड २० लाख रुपैयाँ
- सीईडीबी होल्डिङ्सः २५ करोड ५६ लाख रुपैयाँ
- हिमालयन पावर पाटर्नरः १९ करोड ८३ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १८ करोड ५० लाख रुपैयाँ
- युनाइटेड इदी मर्दीः १६ करोड ५० लाख रुपैयाँ
- माथिल्लो मैलुङ खोला जलविद्युतः १६ करोड ३१ लाख रुपैयाँ
- सिजिटन लाइफः १४ करोड ४ लाख रुपैयाँ