काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकबाट सरिता भट्ट अधिकारीको राजीनामा स्वीकृत भएको छ।
कम्पनी सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालक अधिकारीको राजीनामा स्वीकृत गरेको हो। उनको राजीनामा माघ ७ गतेदेखि लागू हुने गरी सञ्चालक समितिले स्वीकृत गरेको छ।
अधिकारीले आफ्नो व्यक्तिगत कारण देखाई सञ्चालक समितिसमक्ष माघ ५ गते राजीनामा पेस गरेकी थिइन्।