IME Life
GBIME

दोस्रो त्रैमाससम्ममा फर्स्ट माइक्रोफाइनान्सको यस्तो छ वित्तीय प्रदर्शन

SPIL
NLIC

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। चालु आर्थिक वर्षको पुस महिनासम्ममा लघुवित्तले ५ करोड २३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा लघुवित्तको नाफा ३८.४१ प्रतिशतले कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २७.५६ प्रतिशत घटेको छ यस अवधिमा लघुवित्तले ११ करोड १४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । गत वर्षको सोही अवधिमा लघुवित्तले १५ करोड ३८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

Crest

१ अर्ब ३४ करोड ४८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ३४ करोड ६ लाख रुपैयाँ सञ्चित छ। लघुवित्तको कुल सञ्चालन आम्दानी ३१.७५ प्रतिशत र सञ्चालन मुनाफा ४३.३८ प्रतिशत घटेको छ।

समिक्षा अवधिसम्ममा लघुवित्तले ५ अर्ब ५१ करोड ६१ लाख रुपैयाँ सापटिबाट ६ अर्ब ६ करोड ७१ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ। यस अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ३ करोड ९१ लाख रुपैयाँ रहेको छ।

नाफासँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ ९८ पैसा घटेर ७ रुपैयाँ ७८ पैसामा झरेको छ। पुस मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ९४.४७ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ३३ पैसा रहेको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS