IME Life
GBIME

पोलिसी सरेन्डर मार्फत जीवन बीमाबाट बाहिरियो ७.४६ अर्ब , कुनको कति समर्पण ?

SPIL
काल्पनिक तस्वीर
NLIC

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को पुस महिनासम्ममा जीवन बीमा कम्पनीहरुको ५४ हजार बढी बीमालेख सरेन्डर भएको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार पुस महिनासम्ममा ५४ हजार ४१४ वटा बीमालेख समर्पणवापत कुल ७ अर्ब ४६ करोड ६६ लाख रुपैयाँ बीमा कोषबाट बाहिरिएको हो ।

प्राप्त तथ्याङक अनुसार संचालनमा रहेका जीवन बीमा कम्पनीहरुमध्ये समिक्षा अवधिमा एलआइसी नेपालको सरेन्डर सर्वाधिक देखिएको छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक सूचक हो । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेन्डरको दर बढ्दै आएको छ । एलआइसी नेपालको १३ हजार ९६८ वटा पोलिसी बराबर २ अर्ब ३८ करोड ५९ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३१ दशमलव ९५ प्रतिशत हिस्सा हो ।

Crest

त्यस्तै, नेपाल लाइफको १२ हजार २४१ वटा बीमा पोलिसी वापत २ अर्ब २ करोड ३३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २७ दशमलव १० प्रतिशत हिस्सा रहेको छ ।राष्ट्रिय जीवन बीमा कम्पनीको ७ हजार २०७ वटा बीमा पोलिसी वापत ६७ करोड ६ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ८ दशमलव ९८ प्रतिशत हिस्सा हो । एशियन लाइफको ४हजार ४०५ वटा बीमा पोलिसी वापत ४६ करोड ८१ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ६ दशमलव २७ प्रतिशत हिस्सा छ । नेशनल लाइफको ३ हजार १०४ वटा पोलिसी वापत ४६ करोड ५१ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमकोे ६ दशमलव २३ प्रतिशत हिस्सा हो ।

सूर्यज्योति लाइफको २ हजार ९४० वटा पोलिसी वापत ३८ करोड ९४ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ५ दशमलव २२ प्रतिशत हिस्सा छ । हिमालयन लाइफको ३ हजार ५९० वटा बीमा पोलिसी वापत ३३ करोड २३ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ४ दशमलव ४५ प्रतिशत हिस्सा छ । मेट लाइफको १७ सय ९४ वटा बीमा पोलिसी वापत १९ करोड ६६ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सानिमा रिलायन्स लाइफको ९२४ वटा पोलिसी वापत १३ करोड १२ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो ।

सिटिजन लाइफको १३ सय ८८ वटा बीमा पोलिसी वापत ११ करोड ५८ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । आइएमई लाइफको ९०८ वटा बीमा पोलिसी वापत ९ करोड ८६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । प्रभु महालक्ष्मी लाइफको ७०३ वटा बीमा पोलिसी वापत ९ करोड ८२ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । रिलायबल नेपाल लाइफको ८६३ वटा बीमा पोलिसी वापत ५ करोड ५६ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको ३६१ वटा बीमा पोलिसी वापत ३ करोड ५२ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS