IME Life
GBIME

विश्वमै सबैभन्दा बढी आयकर तिर्नुपर्ने देशहरुका जनता नै झनै खुसी, कसरी ?

SPIL
NLIC

काठमाडौं । सरकारले आयकरबाट प्राप्त हुने आम्दानीलाई जनहित र देशको विकासमा खर्च गर्छ। सबैभन्दा बढी आयकर संकलन हुने देशहरुका बारेमा चर्चा गर्न गइरहेका छौँ।

सामान्यतया ती देश प्रगतिशील कर प्रणाली मानिन्छ। जहाँ सबैभन्दा बढी आयकर संकलन गरिन्छ। यी दरहरु व्यापक सामाजिक कल्याण कार्यक्रम, स्वास्थ्य प्रणाली र सार्वजनिक पूर्वाधारलाई समर्थन गर्न डिजाइन गरिएका हुन्छ।

Crest

फिनल्यान्ड

फिनल्यान्डमा आयकर दर ५७.३ प्रतिशत छ। यो देशको कर प्रणालीले नागरिकले उच्च गुणस्तरको जीवनयापन सुनिश्चित गर्छ। यस प्रकारको कर प्रणालीबाट सबैजना लाभान्वित हुन्छन्। फिनल्यान्डले सामाजिक सुरक्षाअन्तर्गत आफ्ना नागरिकलाई राष्ट्रिय निवृत्तिभरण प्रदान गर्दछ। यो निवृत्तिभरण १६ वर्षभन्दा माथिका प्रत्येक व्यक्तिलाई दिन सकिन्छ, जसलाई यसको आवश्यकता छ। साथै, अवकाशपछि सरकारले कर्मचारी पेन्सन योजनाअन्तर्गत पेन्सन पनि दिन्छ। यसका साथै फिनल्यान्ड सरकारले आफ्नो देशका प्रत्येक नागरिकको निःशुल्क उपचार गर्न सक्ने गरी स्वास्थ्य बीमा पनि गर्दै आएको छ। मानिसहरुले बेरोजगारी बीमा पनि पाउँछन्। यदि कसैलेले आफ्नो जागिर गुमाएमा यो लाभ पाउँछन्।

जापान

जापान विश्वमा सबैभन्दा बढी आयकर तिर्ने देशहरुमध्ये एक हो। यहाँ यो दर ५५.९५ प्रतिशतसम्म छ। यो प्रगतिशील कर प्रणालीको एक हिस्सा हो। जुन उच्च आय भएका व्यक्तिलाई बढी कर लगाउन डिजाइन गरिएको हो।

डेनमार्क

डेनमार्कको व्यक्तिगत आयकर दर ५५.९ प्रतिशत हो। डेनमार्कले प्रगतिशील कर प्रणाली पछ्याउँछ। यहाँ धेरै कमाउनेबाट बढी कर लिइन्छ। आइभोरी कोस्टले आफ्ना नागरिकबाट ६० प्रतिशत आयकर संकलन गर्छ।

अस्ट्रिया

अस्ट्रियामा आयकर दर ५५ प्रतिशत छ। कर राजस्वले स्वास्थ्य सेवा, शिक्षा, सामाजिक सुरक्षा र पूर्वाधार विकासलगायतका अत्यावश्यक सार्वजनिक सेवाको विस्तृत दायरालाई कोष दिन्छ। यी सेवा नागरिकको जीवनको गुणस्तरलाई समर्थन गर्न महत्वपूर्ण छन्।

त्यस्तै स्विडेनमा आयकर दर ५२.३ प्रतिशत र बेल्जियममा ५० प्रतिशत रहेको छ।

सरकारले उच्च करको सहयोगमा व्यापक सामाजिक कल्याणकारी कार्यक्रमहरुलाई समर्थन गर्दछ। उच्च कर लिने धेरै देशहरुले आफ्ना नागरिकहरु अपांग भएपछि सबै खर्च वहन गर्छन्। यसमा उनीहरुको उपचार, आवास र खाना समावेश छ।

चर्को कर तिर्दा पनि फिनल्यान्डका जनता संसारकै सबैभन्दा खुसी छन्। गत वर्ष मार्चमा जारी संयुक्त राष्ट्रसंघको प्रतिवेदन अनुसार फिनल्यान्ड विश्वको सबैभन्दा खुसी देशको सूचीमा पहिलो स्थानमा परेको थियो।

प्रतिवेदनका अनुसार फिनल्यान्डका जनताको खुसीका कारण सामाजिक सुरक्षा, कम भ्रष्टाचार, राम्रो शिक्षा र स्वास्थ्य सुविधा र सरकारी संस्थामाथिको विश्वास रहेको थियो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS