IME Life
GBIME

वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ एक्लैको हिस्सा ४१% माथि, अरुको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ इन्स्योरेन्सको दह्रो उपस्थिति रहेको देखिएको छ।

नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमास (साउन–पुस)सम्मको तथ्यांकले यस्तो देखिएको हो। यो ६ महिनामा ११ वटा जीवन बीमा र ३ वटा लघु जीवन बीमा कम्पनीले २३ लाख ५८ हजार ९८२ वटा वैदेशिक रोजगार बीमालेख जारी गरेर १ अर्ब ६६ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। कुल वैदेशिक रोजगार बीमा व्यवसायमा सन नेपाल लाइफ एक्लैको हिस्सा ४१.२४ प्रतिशत देखिएको हो। वैदेशिक रोजगार बीमालेख जारी गरेर यो कम्पनीले चालु आर्थिक वर्षको पुससम्म ६८ करोड ६२ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

Crest

दोस्रो धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्नेमा एसियन लाइफ रहेको छ। यो बीमालेख बिक्री गरेर कम्पनीले ३५ करोड ३१ लाख रुपैयाँ कुल बीमशुल्क आर्जन गरेको छ। यो बीमा व्यवसायको कुल व्यापारमा एसियन लाइफको हिस्सा २१.२२ प्रतिशत रहेको छ।

त्यस्तै तेस्रो धेरै वैदेशिक रोजगार बीमा व्यवसाय गर्ने कम्पनीमा नेपाल लाइफ रहेको छ। यो बीमा व्यवसायमा नेपाल लाइफको हिस्सा ८.८२ प्रतिशत रहेको छ। कम्पनीले ६ महिनामा १४ करोड ६७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ।

चालु आर्थिक वर्षको पुसम्म वैदेशिक रोजगार बीमालेख बिक्री गरेर नेसनल लाइफले ११ करोड ४७ लाख रुपैयाँ (६.८९ प्रतिशत), आइएमई लाइफले ९ करोड ८४ लाख रुपैयाँ (५.९२ प्रतिशत), सानिमा रिलायन्स लाइफले ८ करोड ४ लाख रुपैयाँ (४.८४ प्रतिशत), सूर्यज्योति लाइफले ६ करोड ७७ लाख रुपैयाँ (४.०७ प्रतिशत), रिलायबल नेपाल लाइफले ६ करोड २८ लाख रुपैयाँ (३.७८ प्रतिशत), सिटिजन लाइफले ४ करोड ७६ लाख रुपैयाँ (२.६८ प्रतिशत), हिमालयन लाइफले २२ लाख ६७ हजार रुपैयाँ (०.१४ प्रतिशत) र प्रभु महालक्ष्मी लाइफले १५ लाख ६५ हजार रुपैयाँ (०.०९ प्रतिशत) कुल बीमाशुल्क आर्जन गरेका छन्।

लघु जीवन बीमातर्फ गार्डियन माइक्रो लाइफले वैदेशिक रोजगार बीमालेख बिक्री गरेर ९ लाख ५० हजार रुपैयाँ, लिबर्टी माइक्रो लाइफले ८ लाख ३४ हजार रुपैयाँ र क्रेष्ट माइक्रो लाइफले ३ लाख २८ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। वैदेशिक रोजगार बीमा व्यवसायमा भने गार्डिन माइक्रो लाइफको हिस्सा ०.०६ प्रतिशत, लिबर्टी माइक्रो लाइफको ०.०५ प्रतिशत र क्रेष्ट माइक्रो लाइफको ०.०२ प्रतिशत रहेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS