काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को पुस महिनामा मात्रै जीवन बीमा कम्पनीहरुले करिब १५ अर्ब बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार यी कम्पनीहरुले एक महिनामा ४ लाख ३३ हजार २३१ वटा बमिा पोलिसी बिक्री गरी कुल १४ अर्ब ९२ करोड २० लाख रुपैयाँ कुल बमिाशुल्क संकलन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै नेपाल लाइफले कुल बीमाशुल्क संकलन गरेको छ । कम्पनीले यस अवधिमा ३ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो कम्पनीले जीवन बीमा क्षेत्रको कुल व्यापारको २४ दशलमव ७५ प्रतिशत हिस्सा ओगटेको हो । दोस्रो एलआइसी नेपाल रहेको छ । कम्पनीले यस अवधिमा १ अर्ब ७९ करोड कुल बीमाशुल्क संकलन गरेको छ । यो कम्पनीले जीवन बीमा क्षेत्रको कुल व्यापारको १२ दशलमव ०४ प्रतिशत हिस्सा ओगटेको हो । नेशनल लाइफले यस अवधिमा १ अर्ब ६२ करोडरुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यो कम्पनीले जीवन बीमा क्षेत्रको कुल व्यापारको १० दशलमव ८६ प्रतिशत हिस्सा ओगटेको हो ।
हिमालयन लाइफले १ अर्ब ५३ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सूर्यज्योति लाइफले १ अर्ब ६ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । एशियन लाइफले ८५ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिटिजन लाइफले ७२ करोड ८१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा रिलायन्स लाइफले ६४ करोड २९ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
त्यस्तै, आइएमई लाइफले ५४ करोड ५१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । मेट लाइफले ५३ करोड ६५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय जीवन बीमा कम्पनीले ५१ करोड ६३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रभु महालक्ष्मी लाइफले ४८ करोड ४७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । रिलायबल नेपाल लाइफले ४६ करोड ३४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सन नेपाल लाइफले ४२ करोड ७५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।