काठमाडौं । शेयर बजार मंगलबार एकल अंकले उकालो लागेको छ। नेप्से परिसूचक ५.०८ अंकले बढेर २६१३.०८ को विन्दुमा बन्द भएको छ।
बजार बढ्दा ८ वटा उपसमूहमा बढोत्तरी भएको छ भने ५ वटामा गिरावट आएको छ। आज अन्य समूह सर्वाधिक २.७९ प्रतिशतले बढेको छ भने वित्त समूह सर्वाधिक १.०३ प्रतिशतले घटेको छ।
यो दिन बजारमा १०६ कम्पनीको शेयरभाउ बढ्दा १२९ वटाको घटेको छ। आज ८ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ६ अर्ब १९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार सीईडीबी होल्डिङको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- सीईडीबी होल्डिङः २३ करोड ७६ लाख रुपैयाँ
- सप्तकोशी डेभलपमेन्ट बैंकः २१ करोड ६६ लाख रुपैयाँ
- नेपाल पुनर्बीमा कम्पनीः २० करोड ५३ लाख रुपैयाँ
- सुपर मादी हाइड्रोपावरः १६ करोड ४३ लाख रुपैयाँ
- माथिल्लो मैलुङ खोला जलविद्युतः १५ करोड ८३ लाख रुपैयाँ
- न्यादी हाइड्रोपावरः १५ करोड ६० लाख रुपैयाँ
- हिमालयन पावर पाटर्नरः १४ करोड १४ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १३ करोड ८९ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः १३ करोड ३८ लाख रुपैयाँ
- सर्वोत्तम सिमेन्टः ९ करोड ७६ लाख रुपैयाँ