काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ०८ अंकले बढेर २,६१३ को विन्दुमा कायम भएको छ । आज १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२९ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३११ कम्पनीको १ करोड १६ लाख २६ हजार २० कित्ता शेयर किनबेच हुँदा ६ अर्ब १९ करोड माथिको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै सीएचडीसीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २३ करोड ७६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ६६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल पुनर्बीमा कम्पनीको २० करोड ५३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै मन्दकीनि हाइड्रोपावर कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशलमव ०६ प्रतिशतका दरले कमाएका छन् । न्यादी हाइड्रोका लगानीकर्ताले ७ दशलमव ५३ प्रतिशतका दरले कमाएका छन् । सीएचडीसीका लगानीकर्ताले ६ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै रिभर फल्स पावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ९६ प्रतिशतका दरले गुमाएका छन् ।