काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स लिमिटेडले मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल बितरण गरेको छ । कम्पनीले पुस ७ गते सोमबारका दिन पर्सा जिल्ला पकाहमैनपुर गाउँ पालिका वडा नं ४ मा विभिन्न वर्गका ७० जना लाई कम्मल वितरण गरेको हो ।
उक्त कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष भेडी प्रसाद यादव,नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेस प्रदेश प्रमुख निशान्त कुमार लामिछानेले , शाखा प्रमुख संदिप सिंह ठकुरी, समाजसेवी अयोध्या प्रसाद चौहानको उपस्थिति रहेको थियो ।