IME Life
GBIME

एनआईसी एसिया, प्रभु र हिमालयन बैंकमाथि राष्ट्र बैंकको एक्सन, कसलाई कस्तो कारबाही ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय व्यवस्था उल्लंघन गर्ने ३ वाणिज्य बैंकमाथि कारबाही गरेको छ।

केन्द्रीय बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा पहिलोपटक नियामकीय व्यवस्था उल्लंघन गर्ने एनआईसी एसिया बैंक, प्रभु बैंक र हिमालयन बैंकमाथि कारबाही गरेको हो। तीनवटै बैंकलाई अन्य शीर्षकमा कारबाही गरिएको छ।

Crest

एनआईसी एसिया बैंक

१. एनआईसी एसिया बैंकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवं सम्बद्घ संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी ब्याज प्रदान गरेको, बैंकका सञ्चालक, निजहरुका, बैंकका सञ्चालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्घ संस्थाहरुको मुद्दति निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको व्याज रकम फिर्ता गराईएको र आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने, अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालक त्रिलोकचन्द्र अग्रवाल तथा सञ्चालक रामचन्द्र संघाईलाई राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन सहित) को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिइएको छ।

२. राष्ट्र बैंकबाट एनआईसी एसिया बैंकको स्थलगत निरीक्षणका क्रममा बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम् संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालना गरेको नपाइएकोले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा १(ग) अनुरुप बैंकलाई देहायबमोजिमको लिखित आदेश जारी गरिएको छ।

  • बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकबाट बैंक तथा वित्तीय संस्थाहरुलाई जारी एकीकृत निर्देशनको प्रतिकूल हुने गरी कुनै कार्य÷निर्णय नगर्न तथा नगराउन र राष्ट्र बैंकको निर्देशन पूर्ण रुपमा परिपालना गर्न गराउन एवं सुधारको कार्ययोजना बनाई लागू गर्न।
  • व्याजदर सम्बन्धी राष्ट्र बैंकको निर्देशन उल्लंघन नगर्न तथा बैंकले जारी गरेको क्यापिटल एडिक्युसी फ्रेमवर्क, २०१५ अनुरुप हुने गरी जोखिमभार र पुँजीकोष कायम भएको यकिन गरी सोको प्रतिवेदन राष्ट्र बैंकलाई नियमित रुपमा उपलब्ध गराउन तथा सोको सुधारको कार्ययोजना बनाई लागू गर्न।
  • कर्जा वर्गिकरण तथा कर्जा नोक्सानीसम्बन्धी व्यवस्था राष्ट्र बैंकको निर्देशनअनुरुप हुने गरी गर्न तथा राष्ट्र बैंकले जारी गरेका संस्थागत सुशासनसम्बन्धी निर्देशनहरुको पूर्ण रुपमा पालना गर्न गराउन तथा सुधारको कार्ययोजना बनाई लागू गर्न।

प्रभु बैंक

१. बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरुको पालना नगरिएको हुनाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंकको सञ्चालक समितिलाई सचेत गराइएको छ।

  • बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ख) को व्यवस्थाबमोजिम वार्षिक साधारण सभा हुनुभन्दा अगाडि कुनै सञ्चालकको पद रिक्त हुन आएमा अर्को वार्षिक साधारण सभा नभएसम्मको लागि सञ्चालकको नियुक्ति सञ्चालक समितिद्वारा गर्न सकिने भए पनि बैंकको सञ्चालक समितिको बैठकबाट सञ्चालक पदमा वार्षिक साधारण सभासम्मका लागि नियुक्त गरी सोहि वार्षिक साधारणसभाबाट अनुमोदनमात्र गराई नियुक्तिलाई निरन्तरता दिएको ।
  • बैंकको सर्वसाधारण सञ्चालकको पदावधि समाप्त भए पनि मर्जर तथा प्राप्तिको व्यवस्थालाई आफु अनुकूल व्याख्या गरी सञ्चालकको पदावधि प्राप्ति भएको मितिबाट गणना गरिएको हुँदा बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को दफा १५ को उपदफा (१) को पालना नभएको देखिएको। साथै, निजलाई सञ्चालक पदबाट हटाउन उक्त बैंकको सञ्चालक समितिलाई निर्देशन दिइएको छ ।
  • स्थलगत निरीक्षणका क्रममा यस बैंकबाट जारी निर्देशनहरुको पालनामा कमजोरीहरु देखिएको तथा निरीक्षण प्रतिवेदनमा औँल्याइएका कैफियतहरु समयमै सुधार गर्न बैंक अग्रसर रहेको नदेखिएको ।

२. राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन, २०८० को इ.प्रा. निर्देशन नं.२÷०८० को बुँदा नं. ९ को उपबुँदा नं. (१) बमोजिम कर्जा बक्यौता अवधिका आधारमा कर्जा नोक्सानी बापतको व्यवस्था कायम नगरेको तथा पुँजी पर्याप्तता अनूपात गणना सम्बन्धमा यस बैंकले जारी गरेको क्यापिटल एडिक्विसी फ्रेमवर्क, २०१५ को व्यवस्थाअनुरुप प्राथमिक पुँजीबाट घटाउनुपर्ने रकम नघटाएको तथा केही कर्जाहरुमा जोखिमभार प्रदान गर्दा उक्त फ्रेमवर्कमा उल्लेख भएभन्दा कम भार प्रदान गरी वास्तविकभन्दा कम जोखिम भारित सम्पत्ति देखाएकोले आगामी दिनमा यस प्रकारका कैफियत दोहोरिन नदिनका लागि राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको ।

हिमालयन बैंक

१. राष्ट्र बैंकबाट जारी एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बँुदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानीसम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराइएको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS