IME Life
GBIME

नेपाली महिला उद्यमीद्वारा थाई चेम्बरका प्रतिनिधिसँग भेटवार्ता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको महिला उद्यमी विकास समितिको प्रतिनिधि मण्डलले थाइल्याण्ड स्थित थाई चेम्बर अफ कमर्शका प्रतिनिधहरूसंग बैंककमा व्यवसायिक भेटवार्ता गरेको छ ।

प्रतिनिधि मण्डलले थाई चेम्बर अफ कमर्शका उच्च पदाधिकारी तथा त्यहाँका उद्योगी व्यवसायीहरुसंग द्विपक्षीय लगानी अभिबृद्धिका बारेमा छलफल गरेको थियो । सो टोलीमा महासंघका उपाध्यक्ष ज्योत्सना श्रेष्ठ, केन्द्रीय सदस्य नरेश लाल श्रेष्ठ, किशोर आचार्य, केन्द्रीय सदस्य तथा महिला उद्यमी विकास समितिका सभापति कमला श्रेष्ठ र व्यापार तथा निकासि प्रवद्र्धन विकास समितिका सदस्य निराजन चलाउने लगायत सहभागी थिए ।

Crest

थाई चेम्बर अफ कर्मशको निमन्त्रणामा बैकक पुगेको प्रतिनिधमण्डलले द्विपक्षीय भेटका अवसरमा नेपालमा लगानीको पर्याप्त सम्भावना रहेको उल्लेख गर्दै थाई उद्योगी व्यवसायीहरूलाई नेपालमा लगानीका लागि आग्रह गरेका थिए । यस्तै नेपाली प्रतिनिधिमण्डलले नेपालमा आयोजना हुने अन्तरराष्ट्रिय मेला महोत्सवमा भाग लिन तथा अन्य सहकार्यका क्षेत्रहरू पहिचान गरि नेपालकमा लगानी गर्न पनि थाई व्यवसायीहरूलाई आग्रह गरे ।

नेपाली व्यवसायीहरुलाई स्वागत गर्दै थाई चेम्बरका बोर्ड अफ ट्रेड बन्जरड चोल्भीजानले नेपाली महिला उद्यमीहरूको क्षमता अभिवृद्धि तथा अन्य सहकार्यका लागि थाई चेम्बर सकारात्मक रहेको बताए । सो अवसरमा थाइल्याण्ड स्थित नेपाली दुतावासका डेपुटी चिफ अफ मिशन प्रकाश भण्डारीको पनि सहभागिता रहेको थियो ।

 

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS