IME Life
GBIME

सिमेन्ट उत्पादक र निर्माण व्यवसायीबीच सहमति 

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिमेन्ट उत्पादक र निर्माण व्यवसायीहरुका बीचमा सहमति भएको छ । आइतबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका मन्त्री दामोदर भण्डारी र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलको उपस्थितीमा नेपाल सिमेन्ट उत्पादक संघका प्रतिनिधिहरु र नेपाल निर्माण व्यवसायी महासंघ सहितका विभिन्न ४ वटा निर्माण व्यवसायसँग सम्बन्धित व्यावसायीका प्रतिनिधिहरुका बीचमा सहमति भएको हो ।

सिमेन्ट उद्योगहरुले उत्पादन गरी माग बमोजिम सिमेन्ट सहजै आपूर्ति हुने गरी उत्पादनमा ध्यान दिने तथा उद्योगहरुमा भई रहेको विद्युत आपूर्तिको कटौती र लोडसेडिँगलाई अन्त्य गरी निर्वाध रुपमा उद्योग संचालन गर्ने वातावरण मिलाउने सम्बन्धमा उद्योग मन्त्रालयको तर्फबाट आवश्यक पहल गर्ने सहमति गरिएको छ ।

Crest

त्यस्तै, सिमेन्ट उद्योगीहरु र निर्माण व्यवसायीहरुले एक अर्काका समस्याहरुलाई मनन गरी आ(आफ्नो स्थानबाट समन्वय र समझदारी विकास गर्दै औद्योगिक उत्पादन र विकास निर्माणका कार्यमा संगसंगै अगाडी बढ्ने भन्ने लगायतका विषयमा छलफलबाट सहमती कायम भएको नेपाल सिमेन्ट उत्पादक संघका एक पदाधिकारीले जानकारी दिए ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS