IME Life
GBIME

लस एन्जलसको डढेलोले ट्रम्पलाई दुई ठूला झट्का, खतरामा ‘ड्रिम प्रोजेक्ट’

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । अमेरिकाको लस एन्जलस सहर करिब दुई सातादेखि जलिरहेको छ। जंगलबाट सुरु भएको डढेलोले पूरै सहर ध्वस्त बनेको छ। यो प्रकोपले २ लाखभन्दा बढी मानिसलाई आफ्नो घर छोड्न बाध्य बनाएको छ।

अमेरिकालाई करिब १५० अर्ब डलर नोक्सान हुने डर छ। विज्ञहरुका अनुसार यो प्रकोपले अमेरिकालाई दीर्घकालीन घाउ दिएको छ। जुन निको हुन धेरै वर्ष लाग्नेछ। यो प्रकोपले सन् २०२८ को लस एन्जलसमा हुने ओलम्पिकको तयारीलाई समेत धक्का दिएको छ। जुन राष्ट्रपति डोनाल्ड ट्रम्पको सपना जस्तै हो।

Crest

सन् २०२८ मा हुने ओलम्पिक

सन् २०२८ मा अमेरिकी शहर लस एन्जलसमा खेलकुदको महाकुम्भ अर्थात ओलम्पिक आयोजना हुने भएको छ। यो कार्यक्रम जुलाई १४ देखि जुलाई ३०, २०२८ सम्म चल्नेछ। लस एन्जलसलाई अमेरिकाको सिनेमाको केन्द्र भनिन्छ। यस्तो अवस्थामा यो घटनालाई धेरै हिसाबले महत्वपूर्ण मानिन्छ।

ट्रम्पका लागि ओलम्पिक किन महत्वपूर्ण ?

लस एन्जलसले ओलम्पिक आयोजना गरेको यो तेस्रोपटक हो। यसअघि सन् १९३२ र १९८४ मा लस एन्जलसमा ओलम्पिक आयोजना भएको थियो। अर्थात् यो सहरले तेस्रो पटक आयोजना गर्ने मौका पाएको हो। यो ओलम्पिक ट्रम्पका लागि पनि विशेष हुने भएको छ किनभने सन् २०१७ त्यो वर्ष थियो जब २०२८ ओलम्पिकका लागि लस एन्जलसको नाम फाइनल गरिएको थियो। त्यतिबेला ट्रम्प अमेरिकाका राष्ट्रपति थिए। अब सन् २०२८ मा ओलम्पिक आयोजना हुँदैछ, ट्रम्पको दोस्रो राष्ट्रपति कार्यकालको अन्तिम महिना चलिरहेको छ। योसँगै ट्रम्पको खेलकुदप्रतिको प्रेम कसैबाट लुकेको छैन। यस्तो अवस्थामा ट्रम्प राजनीति र खेलकुदका हिसाबले पनि भव्य बनाउन चाहन्छन्।

डढेलोबाट ओलम्पिक तयारीमा के–के क्षति भयो ?

लस एन्जलसमा लागेको डढेलोले ओलम्पिक प्रतियोगितामा धेरै प्रश्न खडा गरेको छ। यसैबीच लस एन्जलस ओलम्पिकको आयोजक समितिका प्रमुख केसी वासरम्यानले जनवरी १६ मा डोनाल्ड ट्रम्पलाई भेटे। ओलम्पिकलाई लस एन्जलसबाट डलास वा मियामीमा स्थानान्तरण गर्न कडा माग भइरहेका बेला यो बैठक भएको हो। क्यालिफोर्नियाको डढेलोले लस एन्जलसको ४० हजार एकड क्षेत्र जलेर नष्ट भएको र १२ हजारभन्दा बढी भवन ध्वस्त भएकाले ट्रम्पका समर्थकहरुले यो माग उठाइरहेका छन्। सहरको पूर्वाधारमा पनि ठूलो क्षति पुगेको छ। तर, रिपोर्टका अनुसार ओलम्पिक आयोजना हुने ८० भन्दा बढी स्थानमध्ये कुनै पनि डढेलोबाट प्रत्यक्ष प्रभावित भएको छैन।

घटनालाई लिएर जनताको प्रश्न

जंगलमा लागेको आगोका कारण धेरैले ओलम्पिक आयोजना गर्ने क्षमतामाथि प्रश्न उठाइरहेका छन्। विशेषगरी चार्ली किर्कजस्ता रिपब्लिकन समर्थकहरुले ओलम्पिकलाई डलास वा मियामीजस्ता सुरक्षित स्थानहरुमा सार्नुपर्ने बताए। यद्यपि, त्यहाँ केही व्यक्ति छन्, जसले ओलम्पिक लस एन्जलसमा मात्र आयोजना गर्ने वकालत गरिरहेका छन्। उनीहरुको तर्क छ कि ओलम्पिकको आयोजनाले क्यालिफोर्नियाको पुनर्निर्माणमा मद्दत गर्न सक्छ र यसलाई नयाँ सुरुआतका रुपमा हेर्न सकिन्छ।

यो डढेलोेले समस्या किन बढाउन सक्छ?

लस एन्जलस डढेलो अमेरिकाको लागि ठूलो आर्थिक क्षति हो। अर्बौं रुपैयाँ खेर गएको छ। ओलम्पिक आयोजनाको जिम्मेवारी एन्जलसले पाएसँगै यसअघि दुईपटक ओलम्पिक आयोजना गरिसकेको यो सहरले नयाँ स्थायी संरचना निर्माण गर्नुपर्ने अवस्था नरहेको बताएको थियो। तर, अब यो डढेलोका कारण उसले नयाँ तयारी गर्नुपर्नेछ जसले कठिनाइ बढ्नेछ।

सन् २०२८ को ओलम्पिक किन विशेष छ ?

ओलम्पिकको परम्परागत खेलबाहेक २०२८ मा केही नयाँ खेलसँगै अघिल्ला खेलहरुमा नदेखेका केही पुराना खेलहरुलाई पनि पुनः समावेश गरिनेछ। उदाहरणका लागि, क्रिकेट पनि यस पटकदेखि नै ओलम्पिकको हिस्सा हुनेछ। यसका लागि फरक ढंगले तयारी गर्नुपर्ने हुन्छ। त्यसैगरी ल्याक्रोस र स्क्वासलाई पनि यसमा समावेश गरिनेछ।

त्यस्तै, पहिलोपटक लस एन्जलस ओलम्पिकमा झन्डा फुटबल पनि समावेश हुनेछ। योसँगै विगतमा पनि लस एन्जलसमा हुने ओलम्पिकलाई लिएर त्यहाँका मानिसहरुले प्रश्न उठाउँदै आएका छन्। यो सहरमा ट्राफिकको ठूलो समस्या रहेको उनीहरुको भनाइ छ। साथै घरबारविहीनको समस्या पनि ठूलो छ।

फिफा विश्वकपलगायतका यी खेल पनि एन्जलसमा

धेरै मेगा स्पोट्र्स घटनाहरु आगामी केही वर्षहरुमा लस एन्जलसमा हुने योजना छ। सन् २०२८ मा ओलम्पिकअघि सन् २०२६ मा यही सहरमा फिफा विश्वकप पनि आयोजना हुने भएको छ। जानकारी अनुसार फिफा विश्वकपका ८ खेल यस सहरमा हुनेछन्। सोही क्रममा यो कार्यक्रम आयोजना हुने मैदानमा डढेलो भएको छ। साथै, सुपर बाउल पनि २०२७ मा लस एन्जलसमा आयोजना हुने छ। यस्तो अवस्थामा स्थानीय तहमा यो विषयमा विवाद सुरु भएको छ। –एजेन्सी

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS