IME Life
GBIME

इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसद्वारा मरिन इन्स्योरेन्स कार्यशाला सम्पन्न

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । “Navigating Risks, Ensuring Confidence” भन्ने नाराका साथ इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसले कम्पनी दर्ता भएको छोटो समयमै दुई दिने मरिन इन्स्योरेन्स कार्यशाला माघ २ गतेदेखि ३ सम्म होटेल रोयल सिङ्गी, दरबारमार्गमा सम्पन्न गरेको छ ।

कार्यशालामा १४ वटा निर्जीवन इन्स्योरेन्स मध्ये १२ इन्स्योरेन्स कम्पनी, २ रिइन्स्योरेन्स, इन्स्योरेन्स ब्रोकर कम्पनीहरु र सर्भेयरहरु प्रतिनिधित्व गर्दै विभिन्न विभागमा काम गर्ने कर्मचारीहरुको उपस्थिती रहेको थियो । उक्त कार्यक्रम संस्थाकै पहिलो कार्यक्रम भएपनी भव्यसाथ सम्पन्न भएको थियो ।

Crest

कार्यक्रममा मूख्य अतिथीको रुपमा चंकी क्षेत्री, नेपाल बीमक संधका अध्यक्ष तथा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका कार्यकारी प्रमूख उपस्थित थिए । त्यस्तै विशेष अतिथीको रुपमा प्रा. डा. फत्त बहादुर के.सी., राजुरमण पौडेलको उपस्थिती थियो ।

प्रा. डा. फत्त बहादुर के.सी. नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष हुन् भने राजुरमण पौडेल नेपाल बीमा प्राधिकरणका पूर्व कार्यकारी प्रमूख हुन् । मूख्य अतिथी चंकी क्षेत्री र आयोजक संस्थाका म्यानेजीङ डाइरेक्टर अन्जन ढकालले संयुक्त रुपमा दिप प्रज्वलन गर्दै दुईदिने तालिमको सुरुवात गरेका थिए ।

कार्यक्रममा प्रशिक्षकको रुपमा भारतबाट समिरन लाहिरी आएका थिए । समिरन लाहिरी, जोन. एन. यु. बाट अर्थशास्त्रमा स्नातकोत्तर M.A र AIII उपाधिधारी, हाल भारतको Preferred Partners Insurance Brokers का कार्यकारी निर्देशक हुन् । उनी विश्वकै ठूलो ब्रोकरिङ नेटवर्क “UNISON STEADFASTÆ (जर्मनी मुख्यालय) का सदस्य हुन् । उनले भारत, मौरिसस, र नेपालमा करिब चार दशकसम्म बीमा उद्योगमा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् । उनी ारत र नेपालका ठूला व्यवसायिक संस्थाहरूलाई परामर्शदाताका रुपमा नि काम गरिरहेका छन् ।

दुई दिने कार्यक्रममा सहभागीहरुले मरिन इन्स्योरेन्सका नीतिहरु, अभ्यास र अन्र्तराष्ट्रिय मापदण्डहरुलाई गहन रुपमा छलफल गरिएको थियो । साथै यस क्षेत्रमा देखिएका चुनौतीहरु र अवसरहरुको समिक्षा, मरिन इन्स्योरेन्सको आवश्यकता र जोखिम व्यवस्थापनको बारेमा पनि छलफल भएको थियो ।

कार्यक्रम इन्स्योरेन्स प्रोटेक्टिभ सर्भिसेसको कार्यकारी अध्यक्ष कुमार बहादुर खत्रीको अध्यक्षतामा भव्यसाथ सम्पन्न भएको हो । उँहाले मरिन इन्स्योरेन्सको महत्व र आवश्यकताबारे प्रकाश पार्दै आफुले सिकेको ज्ञानलाई बीमा क्षेत्रमा लागु गरेर नेपाली बीमा बजारलाई विश्वासीलो बनाउन सम्पूर्ण तालिम लिएका कर्मचारीहरुलाई अनुरोध गरे ।

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS