IME Life
GBIME

मारुतीले ल्यायो पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’, यस्ता छन् फिचर

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । भारतको राजधानी दिल्लीमा आजदेखि मोबिलिटी ग्लोबल एक्स्पो (बीएमजीई–२०२५) सुरु भएको छ। पहिलो दिन भारतकै सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रिक कार ‘ई भिटारा’ सार्वजनिक गरेको छ।

यो इलेक्ट्रिक एसयूभी लामो समयदेखि प्रतीक्षा थियो। यो त्यही कार हो, जसलाई कम्पनीले गत वर्ष अटो एक्सपोमा मारुती ईभीएक्सको नाममा पेस गरेको थियो। नयाँ ई भिटारा सुजुकीका लागि विश्वव्यापी मोडल हो। जुन सुजुकीको गुजरात प्लान्टमा बन्नेछ । यसको उत्पादनको ५० प्रतिशत जापान र युरोपेली बजारमा निर्यात गर्ने योजना छ।

Crest

कम्पनीले यो कारले एकपटक चार्जमा ५०० किलोमिटरभन्दा बढीको ड्राइभिङ रेन्ज दिने दाबी गरेको छ। यसका साथै यस कारमा मानकका रुपमा ७ वटा एयरब्याग उपलब्ध गराइएको छ। हाल कम्पनीले यो एसयूभी मात्र प्रदर्शन गरेको छ।

कस्तो छ नयाँ ई भिटारा ?

ई भिटाराको लुक–डिजाइन र यसको साइज मारुती ईभीएक्सजस्तै छ। यद्यपि केही सार्प एंगलहरु घटाइएका छन्। यो धेरैजसो ईभीएक्स कन्सेप्टजस्तै रहन्छ। यसमा अगाडि र पछाडि ट्राई–स्ल्यास एलईडी डेटाइम रनिङ लाइटहरु छन्। अगाडिको किनारहरुमा चार्ज गर्ने पोर्टहरु र पछाडिको ह्विल आर्कहरुमा कर्भहरु छन्। यसमा पछाडिको ढोकाको ह्यान्डललाई सी–पिलरमा सारिएको छ। जुन ठ्याक्कै पुरानो स्विफ्ट जस्तै छ।

१८ इन्च अलोय ह्विलले सुसज्जित यो इलेक्ट्रिक एसयूभीको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६३५ एमएम छ। यसमा २७०० एमएमको ह्विलबेस छ। जुन क्रेटाभन्दा लामो छ। यो ठूलो ह्विलबेसले कारभित्र राम्रो ब्याट्री प्याक स्थापना गर्न मद्दत गर्नेछ। यसको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ। यसको कुल तौल १७०२ पन देखि १८९९ पनसम्म भेरियन्टमा निर्भर गर्दछ।

ब्याट्री प्याक र दायरा

कम्पनीले मारुती ई भिटारालाई दुई फरक ब्याट्री प्याक (४९ केडब्ल्यूएच र ६१ केडब्ल्यूएच) सहित प्रस्तुत गरेको छ। यसमा ठूलो ब्याट्री प्याकमा डुअल मोटर अल ह्विल ड्राइभ (एडब्ल्यूडी) सेटअप दिइएको छ। जसलाई कम्पनीले अल ग्रिप–ई नाम दिएको छ। यसमा चिनियाँ कार कम्पनी बिल्ड योर ड्रिम (बीवाईडी) बाट प्राप्त ब्लेड सेल लिथियम आइरन–फस्फेट (एलएफपी) ब्याट्री प्याक छ। जब कि अन्य कार निर्माताहरुले ब्याट्री सेलहरुमात्र निर्यात गर्छन्। तिनीहरुलाई स्थानीय रुपमा एसेम्बल गर्छन् र उनीहरुको सवारीसाधनहरुमा प्रयोग गर्छन्। सुजुकीले बीवाईडीबाट सम्पूर्ण ब्याट्री–प्याक आयात गर्नेछ।

पावर र पफर्मेन्स

पावरका बारेमा कुरा गर्दा अगाडिको एक्सलमा सिंगल मोटर भएको ४९ किलोवाट ब्याट्रीले १४४ एचपी पावर जेनेरेट गर्छ। जब कि सिंगल–मोटर ठूलो ६१केडब्ल्यूएच ब्याट्री प्याकले १७४एनएमसम्मको पावर आउटपुट दिन्छ। यी दुवै भेरिएन्टले १८९ एनएमको टर्क जेनेरेट गर्छ। यद्यपि, ई–अल ग्रिप भेरियन्टले रियर एक्सलमा थप ६५एचपी मोटर थप्छ। जसका कारण कुल पावर आउटपुट १८४ एचपी र टर्क ३०० एनएममा बढ्छ। जुन धेरै बढी हो।

यी फिचर पनि छन्

यस एसयूभीको केबिनको कुरा गर्दा यसमा डुअल स्क्रिनसहितको नयाँ अपरेटिङ सिस्टम वा युजर इन्टरफेस दिइएको छ । जसमा टचस्क्रिनको सुविधा मात्र छैन तर यसमा अवस्थित स्मार्टप्ले प्रो प्लस सिस्टमभन्दा धेरै जानकारीमूलक डिजिटल डायल पनि छ। पछाडिको भागमा स्प्लिट–फोल्डिङ सिटहरु, एडजस्टेबल हेडरेस्टहरु र तीन–प्वइन्ट सिट बेल्टहरु र सबै यात्रुहरुका लागि आईएसओएफआईएक्स चाइल्ड सिट माउन्टहरु छन्।

मारुती ई भिटारामा एड्भान्स फिचरहरु छन्। यसमा अटो होल्डको साथ इलेक्ट्रोनिक पार्किङ ब्रेक, एडब्ल्यूडी भेरियन्टहरुका लागि ‘ट्रेल’ सहित ड्राइभ मोडहरु, हिल डिसेन्ट कन्ट्रोल, सिंगल–जोन अटो क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, साइड र पर्दा एयरब्यागहरु, तातो मिररहरु र एड्भान्स ड्राइभिङ असिस्टेन्स सिस्टम (एडीएएस)जस्ता सेफ्टी फिचर प्रदान रहेका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS