IME Life
GBIME

वित्तीय विवरणको दबाबमा बैंक, बढ्दो निष्क्रिय कर्जाले थपिँदै चुनौती

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बैंकहरुलाई निष्क्रिय कर्जा व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। जसकारण चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण पनि सन्तोषजनक नआउने चिन्तामा बैंकरहरु छन्।

माघ महिनाको पहिलो साताभित्रमा बैंकहरुले वित्तीय विवरण सार्वजनिक गर्नेछन्। जुन वित्तीय विवरणमा बैंकको निष्क्रिय कर्जा बढ्ने, जसले गर्दा कर्जा नोक्सानीका लागि छुट्याउनुपर्ने रकम बढ्ने र नाफामा समेत गिरावट आउने तनावमा उनीहरु छन्।

Crest

यसका साथै बैंकहरुको लगानीमा प्रतिफल, प्रतिसेयर आम्दानीलगायतको अवस्थामा पनि बैंकरहरु तनावमा छन्। अहिले निष्क्रिय कर्जा घट्नेभन्दा पनि बढ्ने दिशामा अगाडि बढिरहेकाले चुनौती थपिएको बैंकरहरुको चिन्ता छ।

गत आर्थिक वर्षमा निष्क्रिय कर्जा २ देखि ३ प्रतिशतमै रहेकोमा अहिले ३ देखि ५ प्रतिशतसम्मको विन्दुमा पुग्न थालेका छन्। चालु आर्थिक वर्षको साउनमा ३.७६ प्रतिशत रहेको वाणिज्य बैंकको निष्क्रिय कर्जा असोजमा बढेर ४.२८ प्रतिशत पुगेको थियो। जुन मंसिरमा पनि सोही तथ्यांकमा रहेको केन्द्रीय बैंकले जनाएको छ।

चालु आर्थिक वर्षको मंसिरसम्ममा वाणिज्य बैंकहरुले ४७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा विस्तार गरेका छन्। जुन कर्जाको ४.२८ प्रतिशत कर्जा निष्क्रिय बनेको हो।

गत आर्थिक वर्षको साउनमा वाणिज्य बैंकको निष्क्रिय कर्जा २.९८ प्रतिशत रहँदा असोजमा ३.६१ प्रतिशत रहेको थियो। त्यसपछि गत आर्थिक वर्षको पुसमा निष्क्रिय कर्जा बढेको थियो।

अर्थतन्त्रको सुस्ततालाई चिर्न नसक्दा अहिले बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा बढ्दै गएको हो। बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटेकाले कर्जा असुली राम्रो हुने अपेक्षा गर्दै आएकोमा त्यस्तो नभए पनि उनीहरुलाई झनै चुनौती थपिएको हो। केन्द्रीय बैंकले पनि अहिले प्रणालीको निष्क्रिय कर्जा चुनौतीपूर्ण बन्दै गएको स्वीकार्न थालेको छ।

यता सार्वजनिक कार्यक्रमहरुमा गभर्नर महाप्रसाद अधिकारीले निष्क्रिय कर्जा चुनौतीपूर्ण बन्दै गएको बताउन थालेका छन्।

मंसिर महिनासम्ममा विकास बैंक र वित्तीय संस्थाको पनि निष्क्रिय कर्जा बढेको देखिन्छ। मंसिरसम्ममा विकास बैंकको निष्क्रिय कर्जा बढेर ४.३७ प्रतिशत पुगेको छ। यस्तै वित्त कम्पनीको निष्क्रिय कर्जा बढेर १०.८४ प्रतिशत पुगेको छ। समग्रमा बैंकिङ प्रणालीमा निष्क्रिय कर्जा ४.४२ प्रतिशत देखिएको तथ्यांक छ।

यसले समग्र बैंकिङ प्रणालीमा नै निष्क्रिय कर्जाको थुप्रो लागिरहेको देखिन्छ। यसबीचमा कर्जा असुलीका लागि बैंकहरुले विभिन्न किसिमका प्रयत्न गरे पनि त्यसको प्रभाव देखिएको छैन। कतिपय बैंकले ब्याज छुट गर्ने जस्ता योजना ल्याएर कर्जा असुलीको प्रयास गरेका थिए। यस्तै घट्दो ब्याजदरका कारण पनि कर्जा असुलीमा सहजता आउने अपेक्षा गरिएकोमा त्यसअनुरुप भएको छैन।

अर्थतन्त्रले गति लिन नसक्दा त्यसको असर सबैतिर परेको हो। ऋणीको कर्जा तिर्ने क्षमतामा समेत ह्रास आएको तथ्यांकले देखाउँछ। निष्क्रिय कर्जा घटाउनका लागि बैंक तथा वित्तीय संस्थाले विभिन्न रणनीति अपनाए पनि सफल हुन सकेका छैनन्। फलस्वरुप निष्क्रिय कर्जा झनै बढ्दै गइरहेको केन्द्रीय बैंकको तथ्यांकले देखाएको छ।

अर्थतन्त्रमा आएको सुस्तताका कारण मुलुकका सबै किसिमका व्यापार, व्यवसाय र उद्यममा समस्या सिर्जना भएको छ। उनीहरुले उत्पादन तथा जनशक्ति कटौती जस्ता रणनीति अपनाउँदा त्यसको प्रत्यक्ष असर बैंक तथा वित्त संस्थामा परेको जानकार बताउँछन्।

अर्थतन्त्रमा आएको सुस्तताका कारण असुलीमा समस्या आउँदा बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा बढ्दै गएको छ। अघिल्ला वर्षहरुको तुलनामा चालु आवमा पनि यस्तो कर्जाको अवस्था बढ्दै गएको छ। अर्थतन्त्रले गति लिएसँगै कर्जा असुलीमा पनि सुधार हुने अपेक्षा गरिएको थियो। तर, अर्थतन्त्रमा अपेक्षाकृत रुपमा सुधार हुन नसकेकाले निष्क्रिय कर्जा पनि घट्नुको साटो बढ्दै गएको हो।

सरकारले निजी क्षेत्रलाई विश्वासमा लिएर काम अगाडि बढाउन सकेमा अर्थतन्त्रले केही गति लिने र समस्या समाधानको दिशामा जाने बैंकरहरु बताउँछन्। तर, सरकार त्यस बाटोमा नरहेकोमा उनीहरुको चिन्ता छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS