IME Life
GBIME

बीमा ठगी पत्ता लगाउने सेवा बजार विश्वव्यापी रुपमा २१% ले बढ्ने प्रक्षेपण

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । बीमा क्षेत्रमा हुने ठगीमा वृद्धिसँगै प्रविधिको प्रयोगबाट ठगी पहिचान कार्यमा पनि विश्वव्यापी रुपमा बीमा कम्पनीले सफलता पाउन थालेका छन्।

बीमा ठगीसम्बन्धी अध्ययन संस्था द बिजनेस रिसर्चका अनुसार सन् २०२५ मा बीमा ठगी नियन्त्रण र पत्ता लगाउने संयन्त्र तथा सेवा उपलब्ध गराउने बजारको व्यापार २१.६ प्रतिशतले वृद्धि हुने प्रक्षेपण छ। साइबर साइबर आक्रमणको वृद्धि, बीमा ठगी योजनाको बढ्दो जटिलता, सुरक्षाका लागि ग्राहकको माग, नियामक अनुपालन आवश्यकता र बीमा बजारको बढ्दो विश्वव्यापीकरणका कारणले गर्दा ठगीको आकार र ठगी पत्ता लगाउने सेवा प्रदायक संस्थाको व्यापारमा तीव्र वृद्धिदर देखा परेको छ।

Crest

रिसर्चका अनुसार बीमा ठगी पत्ता लगाउने विश्वव्यापी बजारको आकार सन् २०२४ मा ७ अर्ब ५० लाख अमेरिकी डलर रहेको थियो। यसको आकार सन् २०२५ मा ९ अर्ब १३ लाख अमेरिकी डलर पुग्ने अनुमान छ। पूर्वानुमान अवधिमा यो बजारको आकार सन् २०२९ मा २२ अर्ब ९२ लाख अमेरिकी डलरमा पुग्ने अपेक्षा गरिएको छ।

यो असाधारण वृद्धि निम्न कारणले गर्दा हुन सक्छ

बीमा ठगीका बढ्दो घटनाः ठगीका घटना लगातार बढ्दै गएका छन्। जसले बीमा कम्पनीलाई अधिक सतर्कता अपनाउन बाध्य बनाएको छ।

ठगी योजनाको जटिलताः ठगी योजनाहरु थप जटिल हुँदै गएका छन्। जसले आधुनिक प्रविधिको प्रयोग आवश्यक बनाएको छ।

नियामक अनुपालन आवश्यकताः बीमा कम्पनीले नियामक निकायहरुद्वारा तोकिएका कडा नियमहरु पालना गर्नुपर्ने बाध्यता रहेको छ।

ग्राहकको सुरक्षाको मागः ग्राहकले आफ्नो व्यक्तिगत जानकारी सुरक्षित राख्न थप ध्यान दिन थालेका छन्। जसले बीमा कम्पनीहरुलाई आफ्नो सुरक्षा उपायहरु सुधार गर्न प्रेरित गरेको छ।

विश्वव्यापीकरणः बीमा बजारहरुको विश्वव्यापीकरणले ठगी पत्ता लगाउने प्रणालीहरुको आवश्यकतालाई अझ बढाएको छ।

साइबर आक्रमणहरुमा भएको वृद्धिले बीमा दाबीमा ठगी पत्ता लगाउने बजारलाई असाधारण वृद्धि दरतर्फ डोर्याउने एउटा महत्त्वपूर्ण चालकको काम गरेको छ। साइबर आक्रमणहरु, व्यक्ति वा संस्थाहरुले अरुको तथ्यांकमा गैरकानुनी पहुँच प्राप्त गर्न जानाजानी गर्ने आक्रमणहरु हुन्। बीमा कम्पनीले प्रशस्त मात्रामा व्यक्तिगत बीमितको तथ्यांक संग्रह गरेकाले, तिनीहरु त्यस्ता आक्रमणहरुका लागि आकर्षक लक्ष्य बन्छन्।

एन्टी–फिसिङ कार्य समूहका अनुसार सन् २०२२ को पहिलो त्रैमासमा कुल १ लाख २५ हजार ९६८ फिसिङ आक्रमणहरु रेकर्ड गरिएका थिए। जुन सन् २०२१ को अन्तिम त्रैमासको तुलनामा १५ प्रतिशतले बढी हो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS