काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेडको पाँचौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभाले १०.५३ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । फोनपेले शेयरधनीहरुलाई २०८१ असार मसान्तमा कायम रहेको चुक्ता पूँजीको १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । सभाले सो प्रस्ताव पारित गरेको छ ।
फोनपेको पाँचौं वार्षिक साधारण सभा पुष २९ गते एलिस कन्फरेन्स, पुल्चोक, ललितपुरमा सञ्चालक समितिका अध्यक्ष सशीन जोशीको अध्यक्षतामा सम्पन्न भएको हो ।
उक्त कार्यक्रममा आ.व. २०८०/८१ को लेखापरीक्षकको प्रतिवेदन सहितको वासलात, नाफानोक्सान, हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गरिएको छ ।
यसका साथै, आ।व। २०८१/८२ को लेखापरिक्षकको लागि एनबीएसएम एण्ड एसोसिएट्सलाई नै नियुक्ति गर्ने निर्णय गरेको छ ।