काठमाडौं । साताको दोस्रो दिन सोमबार पनि शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १५.५४ अंकले घटेर २५९४.१३ को विन्दुमा झरेको छ।
घटेको बजारमा ६३ कम्पनीको शेयरभाउ बढेको छ भने १७५ वटाको घटेको छ। यो दिन ५ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज पनि नेप्से उपसमूहमा रहेका १३ वटै समूह राताम्मे भएका छन्। सबैभन्दा बढी गिरावट व्यापार समूहमा १.८९ प्रतिशतको देखिएको छ।
बजारमा आज ६ अर्ब ६५ करोड रुपैयाँ माथिको भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।
उच्च कारोबार भएका १० कम्पनी
- एनआरएन इन्फ्रास्ट्रक्चरः ४५ करोड २५ लाख रुपैयाँ
- न्यादी हाइड्रोपावरः २८ करोड २७ लाख रुपैयाँ
- हिमालयन पावर पाटर्नरः १५ करोड ६० लाख रुपैयाँ
- सिन्धु विकास बैंकः १३ करोड ३३ लाख रुपैयाँ
- सानिमा मिडिल तमोरः १२ करोड ९९ लाख रुपैयाँ
- सुपर मादी हाइड्रोपावरः ११ करोड ५८ लाख रुपैयाँ
- तारागाउँ रिजेन्सी होटलः १० करोड ६८ लाख रुपैयाँ
- रिभर फल्स पावरः १० करोड ५३ लाख रुपैयाँ
- हिमालयन रिइन्स्योरेन्सः १० करोड १५ लाख रुपैयाँ
- नारायणी डेभलपमेन्ट बैंकः ९ करोड ६१ लाख रुपैयाँ