IME Life
GBIME

१५ अंकले घटेको बजारमा साढे ६ अर्बको कारोबार

SPIL
NIC ASIA new
NLIC

काठमाडौं  । आज पनि शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १५ दशलमव ५४ अंकले घटेर २,५९४ को विन्दुमा कायम भएको छ । आज ६३ कम्पनीको शेयर मूल्य बढेको छ भने १७५ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२२ कम्पनीको १ करोड ३८ लाख ७० हजार ५७९ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ६५ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४५ करोड २५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । न्यादी हाइड्रोको २८ करोड २७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पाटर्नरको १५ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै बराही हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सुपर मादीका लगानीकर्ताले ८ दशलमव ८७ प्रतिशतका दरले कमाएका छन् । नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८ दशलमव ८१ प्रतिशतका दरले कमाएका छन् । सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले ८ दशलमव ४१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS