काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । आइतबार पोखरामा सम्पन्न साधारण सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन पारित गरेको छ । सभाले जयमुकुन्द खनाल, मनिषा भण्डारी र सुनिल नारायण श्रेष्ठलाई बैंक सञ्चालक समितिको सदस्य पदमा निर्बिरोध निर्वाचित गरेका छ ।
बैंक सञ्चालक जय मुकुन्द खनालले स्वागत मन्तव्य राखेको उक्त सभामा अर्का सञ्चालक मुकुन्द महतले जिपि राजबहाक एण्ड कम्पनीलाई पुनः लेखापरीक्षक नियुक्त गर्न प्रस्ताव गरेको प्रस्ताव सर्वसम्मतिबाट पारित भएको छ ।
उक्त साधारण सभामा बैंकको संस्थापक शेयरधनीका तर्फबाट पूर्व वन तथा वातावरण मन्त्री डा.विरेन्द्र महतो एंव समाजसेवी प्रेमकुमारी केसीले पनि सहभागिता जनाएका थिए ।