IME Life
GBIME

शेयर बजारमा २५ अंकको गिरावट, कारोबार रकम करिब ४ अर्ब

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज साताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २५ दशलमव ४१ अंकले घटेर २,६०९ को विन्दुमा कायम भएको छ । आज ४३ कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०१ कम्पनीको ८० लाख २१ हजार ६३१ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २० करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिन्धु विकास बैंकको १८ करोड ८० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिंगटी हाइड्रोको १६ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन पावर पार्टनरको १३ करोड ३४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था र सिन्धु विकास बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी २ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले ४ दशलमव ८७ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै न्यादी हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS