IME Life
GBIME

परिपक्व र आंशिक दाबी भुक्तानीका लागि कर्मकाण्डी सूचना कहिलेसम्म ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । केही जीवन बीमकको वेब साइटमा पूर्णावधि र आंशिक अवधिको भुक्तानी लिनका लागि बीमितलाई अनुरोध गरेको सूचना देखिन्छ। बीमकले नियमितरूपमा प्रकाशन गर्ने यस्तो सूचना आफ्नो लागि हो कि होइन भन्ने भेउ पाउन भने सक्दैनन् ।

बीमितसँग बीमाशुल्क रकम भुक्तानी लिई सकेपछि बीमाको शर्त अन्तर्गत बीमित वा कानून बमोजिमको हकवालालाई दाबी भुक्तानी दिनु बीमकको दायीत्व हुन्छ। बिडम्बना के छ भने, आफ्नो दायीत्व पुरा गर्नुको साटो नियामकीय कारवाहीको चेतावनी पछि मात्र बीमकले कर्मकाण्डीरूपमा दाबी भुक्तानीका लागि सूचना प्रकाशन गरेको पाइन्छ।

Crest

एउटै बीमकसँग १ लाखभन्दा बढी बीमित आबद्ध छन्। जीवन बीमा करार एक दुई वर्षका लागि नभएर ५ देखि ३० वर्षसम्मको लामो अवधिका लागि गरिएको हुन्छ। यति लामो अवधिमा बीमितको बसोबास, पारिवारिक बनावट, उमेर, स्मरण शक्ति, बीमितको जीवित अवस्थालगायतको स्थितिमा परिवर्तन आई सकेको हुन्छ। आफ्नो परिवारको कुनै मृत सदस्यको जीवन बीमा थियो वा थिएन, थियो भने पनि कुन बीमा कम्पनीमा थियो भन्ने बारे हकवालालाई बिल्कुलै जानकारी नहुन पनि सक्छ।

जीवन बीमाबारे नबुझेरै वा कसैको विशेष आग्रह वा करकापमा परेर शुरूका केही वर्ष अभिकर्ता मार्फत नै किस्ता तिरेको तर बीमालेख करार हातै नपरेको अवस्थाका बीमित पनि हुनसक्छन् । त्यस्ता बिमितसँग अभिकर्ताको सम्पर्क टुटेको अवस्थामा बीमितले कसरी आफ्नो जीवन बीमा बारे जानकारी प्राप्त गर्ने ? तिनको घरपरिवारका सदस्यले कसरी यस्तो जानकारीमा पहुँच सुनिश्चित गर्ने ? यी प्रश्नहरूको इमान्दार जवाफ नेपाल बीमा प्राधिकरण वा जीवन बीमकसँग छैन।

बेवसाइटमा लग इन सुविधा नै छैनः

बीमकले बीमितलाई अनलाइन लगइन मार्फत बीमालेख सम्बन्धि सम्पूर्ण विवरणमा सहज पहुँच सुनिश्चित गर्नुपर्ने प्रावधान छ। यसका लागि बीमकले वेबसाइट र मोबाइल एप्स दुबै उपलब्ध गराउनुपर्छ। बिडम्बना के छ भने ठूला र पुराना भनिएका जीवन बीमकको वेबसाइटमा लगइनको सुविधा नै छैन । केही जीवन बीमकको वेबसाइटमा लगइन भन्ने अप्शन लेखिए पनि त्यसमा क्लिक गर्दा लगइन गर्ने पृष्ठ नै खुल्दैन। बीमकको सूचना प्रविधि मार्गदर्शन २०७६ मा बेवसाइटमा लग इन सुविधा उपलब्ध गराउनुपर्ने प्रावधान छैन। यो मार्गदर्शनमा यस सम्बन्धि प्रावधान नभएपनि २०८१ बैशाख ७ गते जारी गरिएको डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन २०२४ मा मोबाइल एप्सको साथै वेबसाइटमा माध्यमबाट पनि अनलाइन लग इनको सुविधा उपलब्ध गराउनुपर्ने प्रावधान समेटिएको छ।

डिजिटल इन्स्योरेन्स पलिसी गाइडलाइन्स २०२४ मा समावेश अनलाइन लगइन सम्बन्धि प्रावधान। श्रोतः नेपाल बीमा प्राधिकरण

पछिल्लो समयमा जीवन बीमकको मोबाइल एप्समा सीमित लग इन सुविधाले विदेशमा बसोबास गरि रहेका बीमितलाइ असहज बनाएको छ। वैदेशिक रोजगारी र उच्च शिक्षा अध्ययनका लागि विदेश पलायन हुने नागरिकको संख्या बढी रहेका बेला विदेश जानेले आफ्नो जीवन बीमालेख बारे सामान्य जानकारी प्राप्त गर्न समेतबाट वञ्चित हुनु परेको अवस्था छ। उनीहरूले बैंकले झैं भिडियो केवाइसी मार्फत विवरण अध्यावधिक गराउँछु भन्दा पनि नपाउने अवस्था छ, किनकी अधिकांश जीवन बीमकले भिडियो केवाइसीबारे परिकल्पना समेत गर्न भ्याएका छैनन् ।

ग्राहक पहिचानको प्रकृया पुरा गर्नुपर्ने, यसका लागि भाैतिक उपस्थिति अनिवार्य चाहिने, नेपालमै प्रयोग भइरहेको मोबाइल नम्बर प्रविष्ट गरेर त्यसमा प्राप्त हुने अोटिपीको आधारमा लगइन गर्नुपर्ने लगायतको सुरक्षा व्यवस्थाले सुविधा भन्दा असुविधा भएको बीमितको गुनासो छ। मोबाइल एप्समा मात्र सीमित सुविधाले बीमालेख व्यतित(ल्याप्स) हुने दर बढाउनमा योगदान गरिरहेकोमा कुनै दुई मत छैन। विदेश गई सकेपछि व्यस्तताका कारण बीमितलाई बीमाको किस्ता वा बीमा कर्जाको किस्ता कहिले तिर्ने? कति तिर्ने बारे स्मरण हराउँदै जान्छ र अन्ततः किस्ता अनियमित भएर लाभबाट बञ्चित हुनुपर्छ।

केही संभव उपायः

इजाजत प्राप्त १४ पुराना जीवन बीमकको वेब साइट चहार्ने हो भने पूर्णावधि(म्याचुरिटी) र आंशिक अवधि(पार्सियल, सर्भाइभल बेनिफिट) वापतको दाबी भुक्तानी लिन बाँकी बीमित सम्बन्धि विवरण कहि कतै भेटिन्न। विदेशी जीवन बीमकको शाखा, मेटलाइफ(अमेरिकन लाइफ इन्स्योरेन्स)ले मात्र बीमालेख नम्बर सहितको सूची अध्यावधिकरूपमा प्रकाशन गर्दै आएको छ। सूचीमा बीमालेख नम्बर बाहेक अन्य कुनै पनि विवरण समावेश गरिएको छैन, यसमा बीमितको नाम समेत समावेश गर्न सकेको भए बीमित वा हकवालालाई दाबी गर्न अलिक सहज हुनेथियो। बाँकी जीवन बीमकलाई अझैसम्म पनि यो विषय खासै महत्वपूर्ण लागेको देखिदैन।

वर्षाैदेखि थाती रहेको दाबि भुक्तानी गर्ने इच्छा हो भने सबै जीवन बीमकले आफ्नो वेबसाइट र मोबाइल एप्समा नागरिकता नम्बर र अब भविष्यका लागि राष्ट्रिय परिचय पत्र नम्बरका आधारमा बीमालेख खोजी गर्न सक्ने सुविधा उपलब्ध गराउनुपर्छ। बालबालिकाको बीमालेखमा समेत अभिभावकको नागरिकता सम्बन्धि विवरण जीवन बीमकले समावेश गरेका हुन्छन् । उमेर, बासस्थान, रोजगारी, वैवाहिक स्थिति लगायत सबै अवस्थामा परिवर्तन आएपनि नेपालमा बालिग व्यक्तिको नागरिकता नम्बर फेरिन्न।

भारतमा अपनाइएको उपायः

छिमेकी मुलुक भारतको भारतीय जीवन बीमा निगम(एलआइसी)मा बीमितलाई दाबी गर्नुपर्ने रकम थुप्रिएपछि सरकारले नै सकृयता देखाउँदै दाबी फर्छ्याैटका लागि केही उपाय सुझायो। यस्तो उपाय अन्तर्गत सम्बन्धित बीमित वा हकवालाले भिडियो केवाइसीमार्फत आफूसँग उपलब्ध सबै प्रमाणहरू जीवन बीमकको सूचना प्रविधि प्रणालीमा उपलब्ध गराउँछन् । यसरी प्राप्त विवरणको सुक्ष्म अध्ययन गरेर बीमकले बीमित वा हकवालाको पहिचान गर्दै नजिकको शाखा कार्यालयमा सम्पर्कका लागि सूचना जारी गर्छ र केही प्रकृया पुरा गरेपछि पुरानो दाबीवापतको रकम भुक्तानी गरिदिन्छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS