IME Life
GBIME

पर्यटन समूहबाट साढे तीन अर्बको आइपीओ आउँदै, पाँचतारे रिसोर्टदेखि केबलकारसम्म

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सेवा क्षेत्र अन्तर्गत बैंक तथा वित्तीय संस्थाले नेपालको धितो पत्र बजार ढाकेको अवस्थामा पर्यटन सेवा क्षेत्रका कम्पनीहरू पनि प्राथमिक शेयर(आइपिओ)मार्फत सर्वसाधारणबाट लगानी जुटाउनका लागि सकृय देखिएका छन्। औंलामा गन्न सकिने गरी सीमित होटल व्यवसायले मात्र चुक्ता पूँजीका लागि प्राथमिक शेयरमार्फत आंशिक पूँजी जुटाए पनि पछिल्लो समयमा प्रायः जसो नयाँ मध्यम र ठूला होटलले आइपिओ निकाल्न चासो राख्न थालेका छन्।

प्राइभेट लिमिटेड कम्पनीहरूको होटलको निर्माण शुरू गरेका लगानीकर्ताले होटल सञ्चालनमा ल्याउनु अघि वा सञ्चालनमा आएको छोटो अवधिमै लिमिटेड कम्पनीमा रूपान्तर गर्दै आइपिओको तयारी समेत शुरू गर्न थालेका छन्।

Crest

नेपाल धितोपत्र बोर्डका अनुसार आइपिओ निष्काशनका लागि पर्यटन व्यवसायबाट मात्र ७ वटा कम्पनीले आवेदन दिएका छन्। पाइपलाइनमा रहेका होटलहरू एपेक्स हस्पिटालिटी, होटल फरेष्ट इन, अर्किङ होल्डिङ्गस, अन्नपूर्ण केबल कार, बन्दीपुर केबलकार एण्ड टुरिज्म लिमिटेड, अकामा होटल लिमिटेड र ठमेल प्लाजा होटल एण्ड सुट्स लिमिटेड हुन् । बोर्डका अनुसार यीमध्ये सबैभन्दा पछिल्लो आवेदन ठमेल प्लाजाले दर्ता गराएको छ।

पाइपलाइनमा रहेको पर्यटन व्यवसायको आइपिओ। श्रोतः नेपाल धितोपत्र बोर्ड

पाइपलाइनमा रहेका सातवटा होटलमा लगानीकर्ता आइपिओ मार्फत कुल ३ अर्ब ३१ करोड रूपैयाँ पूँजी लगानीको अवसर प्राप्त गर्नेछन् । सातवटै होटलले प्रति कित्ता १ सय रूपैयाँ अंकित मूल्यमा शेयर बिक्रीको प्रस्ताव गरेका छन् । यसबाहेक बुढानिलकण्ठमा अवस्थित चार तारे होटल सब्रिनाले १५ लाख कित्ताको १५ करोड रुपैयाँ बराबरको सेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको छ।

पाइपलाइनमा रहेका सातमध्ये अर्किड होल्डिङस लिमिटेडले सर्वाधिक १ अर्ब १५ करोड रूपैयाँ सर्वसाधारणबाट प्राथमिक चुक्ता पूँजी जुटाउने तयारी गरेको छ। अर्किड होल्डिङ्सले रवि भवनमा चार तारे स्तरको होटल सञ्चालन गरिरहेको छ। पाँच रोपनी क्षेत्रफलमा फैलिएको १५ तल्ले यो होटलमा १० वटा सुइट रुम सहित कुल १३० कोठाको यो होटल २०७५ माघ देखि सञ्चालनमा छ। त्यति बेला होटलको निर्माणमा कुल १ अर्ब ६० रूपैयाँ लगानी हुने अनुमान गरिएको थियो। यो होटलमा एशियन लाइफ इन्स्योरेन्सको सर्वाधिक शेयर स्वामित्व रहेको छ। एशियन लाइफले शेयर लगानी गरेपछि पूँजी वृद्धिका लागि १ः५३.६५८२ अनुपातमा हकप्रद शेयर जारी गरेर अर्किड होल्डिङ्सले ४१ करोड ९० लाख रूपैयाँ चुक्ता पूँजी थप गरेको छ।

क्राउन इम्पेरियल जस्तै बहुतल्ले संरचना भएको धुम्बाराहीमा अवस्थित पाँच तारे होटल अकामाले २२ करोड ५० लाख रूपैयाँ बराबरको शेयर पूँजी आइपिओबाट जुटाउने योजना सहित धितोपत्र बोर्डमा निवेदन दिएको छ। झण्डै क्राउन इम्पेरियल होटल बराबरकै लगानीमा निर्माण भएको अकामाको व्यापार क्राउनको भन्दा राम्रो र ब्याज खर्च तुलनात्मकरूपमा कम छ। यसमा सानिमा समूहको मुख्य लगानी छ।

यसबाहेक बुढानिलकण्ठमा यसैवर्ष सञ्चालनमा आएको पाँच तारे होटल फरेष्ट इनले ९८ करोड रूपैयाँ बराबरको शेयर जारी गर्दैछ। यो होटलमा उर्जामन्त्री दिपक खड्का मुख्य लगानीकर्ता हुन् । होटलमा १०३ कोठा छन् ।

बन्दीपुर केबल कार, बन्दीपुर

यसैगरी तनहुँको दमाैलीमा होटल र सिनेमा घर सञ्चालन गरिरहेको एपेक्स हस्पिटालिटीको २४ लाख कित्ता शेयर पनि पाइपलाइनमा रहेको छ। होटलमा ३४ कोठा छन् ।बन्दीपुर केबलकारले ३० करोड ६० लाख रुपैयाँ बराबरको ३० लाख ६० हजार कित्ता र अन्नपूर्ण केबलकारले ३१ करोड रूपैयाँ बराबरको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएको छ। यसबाहेक ठमेल प्लाजा होटलले प्लाजाले १० करोड रुपैयाँ बरावरको १० लाख कित्ता आइपीओ निष्कासनको माग गर्दै आवेदन दिएका हुन । 

होटल सब्रिनाको अधिकृत पूँजी ९० करोड र जारी पूँजी ५३ करोड रुपैयाँ छ। शेयर निष्काशनसँगै यसले होटलले अपार्टमेन्ट सहित ६० वटा कोठामा सेवा सञ्चालन गर्दै आएकोमा क्षमता बिस्तार गरेर पाँच तारेमा स्तरोन्नतीको तयारी गरेको छ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS