IME Life
GBIME

भूकम्पको विनाश, भाइरसको डर, ट्रुडोको राजीनामा, सनसनीपूर्ण रह्यो वर्ष २०२५ को पहिलो साता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नयाँ वर्षले शान्ति ल्याओस् भन्ने आशाका साथ पुराना युद्ध र पुराना शत्रूतासहित वर्ष २०२५ लाई विश्वले स्वागत गरेको थियो। अहिले नयाँ वर्षको एक साता बितिसकेको छ। तर, विश्वभर विभिन्न घटनाले ठूलो हलचल ल्याएको छ।

वर्षको सुरुआत अमेरिकामा आक्रमणबाट भएको थियो। दबाबका बीच क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले पदबाट राजीनामा दिए। एचपीएमभी भाइरसको त्रास चीन र भारतमा पनि देखिएको थियो। अफगानिस्तान र पाकिस्तानबीचको द्वन्द्वका कारण तनाव उत्कर्षमा पुगेको छ। नेपाल र तिब्बतको सीमा क्षेत्रमा गएको शक्तिशाली भूकम्पमा धेरैले ज्यान गुमाएका थिए।

Crest

अमेरिकामा आतंकवादी हमलाबाट नयाँ वर्ष सुरु भएको छ। न्यु अर्लिन्समा नयाँ वर्ष मनाउँदै आएका मानिसलाई तीव्र गतिको पिकअप भ्यानले किचेको छ। यस घटनामा १५ भन्दा बढी व्यक्तिको मृत्यु भएको थियो। भीडलाई कुचलिसकेपछि आक्रमणकारीले पनि गोली हाने तर प्रहरीको जवाफी कारबाहीमा मारिए। आक्रमणकारीको पहिचान टेक्सासका शमसुद्दीन जब्बारको रुपमा भएको छ। जो आतंकवादी संगठन आईएसआईएसबाट प्रभावित थिए र उसले यो घटनालाई सोचेरै गराएको थियो।

यो आक्रमणको केही घन्टाभित्रै लस भेगासको ट्रम्प इन्टरनेसनल होटल बाहिर टेस्ला साइबर ट्रक विस्फोट हुँदा चालकसहित ७ जनाको मृत्यु भएको थियो। ट्रम्पको आगामी टोलीमा महत्वपूर्ण जिम्मेवारी सम्हालेका अर्बपति व्यापारी एलन मस्कले ट्रम्पको होटल र टेस्लाको साइबर ट्रकको संलग्नताका कारण यो घटनामा गहिरो षड्यन्त्र हुन सक्ने आशंका व्यक्त गरेका थिए।

क्यानडा र जस्टिन ट्रुडो यो गत हप्ता सबैभन्दा चर्चाको विषय थिए। एकातिर डोनाल्ड ट्रम्पले क्यानडाका बारेमा बयान जारी राखेका छन्। उनले क्यानडालाई अमेरिकाको ५१ औँ राज्य बनाउने दाबी गरिरहेका छन्। यसका लागि उनले कहिले ट्रुडोलाई निसाना बनाएका छन् भने कहिले राजनीतिक तापक्रम बढाउने खालका बयान दिएका छन्। यी सबैका बीचमा घरेलु मोर्चाबाट पनि दबाबको सामना गरिरहेका ट्रुडोले प्रधानमन्त्री पदबाट राजीनामा दिए पनि लिबरल पार्टीको नेतामा निर्वाचित नभएसम्म कार्यवाहक प्रधानमन्त्रीका रुपमा यही पदमा रहनेछन्।

क्यानडापछि गत हप्ता विश्वव्यापी स्तरमा सबैभन्दा बढी हेडलाइन बनाइयो, त्यो अफगानिस्तान र पाकिस्तानबीचको द्वन्द्व थियो। अफगान तालिबान पाकिस्तानी सेनाका लागि एक विपत्ति बनेको छ। केही समयदेखि पाकिस्तान र अफगानिस्तानबीचको आगोले अहिले ठूलो रुप लिएको छ। पाकिस्तानले अफगानिस्तानमा गरेको हवाई हमलापछि सुरु भएको तनाव अहिले बढ्दै गएको छ। अफगान तालिबान लडाकुहरुले डुरान्ड रेखा पार गरेर पाकिस्तानी सेनाको चौकीलाई निसाना बनाएका थिए। चौकीहरुमा गोली प्रहार गरिएको थियो।

कोरोना भाइरसको प्रकोपको सामना गरिसकेपछि एचपीएमभी भाइरस अहिले चीन र भारतका लागि चुनौती बनेको छ। त्यहाँको अवस्था सामान्य देखिँदैन भन्ने कुरा चीनबाट आउने रिपोर्टबाट बुझ्न सकिन्छ। अस्पतालहरु बिरामीले भरिएका छन्। भारतमा हालसम्म एचएमपीभीका सात घटना पुष्टि भइसकेको छ। भारतमा यो भाइरसको पहिलो केस बेंगलुरुमा रिपोर्ट गरिएको थियो। बेंगलुरुपछि गुजरात र महाराष्ट्रमा पनि नवजात बालबालिकामा भाइरसको पुष्टि भएको थियो। केन्द्र सरकारले विज्ञप्ति जारी गर्दै यो भाइरस नयाँ नभएको दाबी गरेको छ। यो एक सामान्य भाइरस रहेको भारतको दाबी छ।

नयाँ वर्षको पहिलो साताको अन्त्यसम्ममा धेरै देश एकैसाथ भूकम्पको धक्का महसुस भएका छन्। भूकम्पको धक्का नेपाल, तिब्बत र भारतका साथै भुटानका केही क्षेत्रमा महसुस गरिएको थियो। पछिल्लो तथ्यांकअनुसार भूकम्पका कारण सबैभन्दा बढी क्षति तिब्बतमा भएको छ। भूकम्पका कारण हालसम्म १२० जनाभन्दा बढीको मृत्यु भइसकेको छ भने धेरै घाइते भएका छन्। धेरै भवनमा पनि क्षति पुगेको छ। –एजेन्सी

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS