IME Life
GBIME

नारायणी डेभलपमेन्ट बैंकको नयाँ भवन सञ्चालनमा आउँदै

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा स्थानान्तरण हुने भएको छ । बैंकको साधारण सभाले निर्णय गरेअनुसार बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिकाको वडा नं १० वाइपासरोड, स्थित जिल्ला सहकारी सघं चितवनको आधुनिक नवनिर्मित भवनमा सर्ने भएको हो । बैंकको केन्द्रीय कार्यालय हाल रत्ननगर नगरपालिकाको वडा नं.१ टाँडीमा रहेको छ ।

बैंकको कारोबारलाई अझ बढाउने अभिप्रायले केन्द्रीय कार्यालय सार्ने बैंकले जनाएको छ । साथै, बैंकको हाकिमचोकमा रहेको शाखामा कार्यालयले पनि स्थानान्तरण भएर सोही भवनबाट बैंकिङ सेवा दिने भएको छ । कार्यालय सार्नका लागी बैंकले भौतिक पूर्वाधार निर्माणको कार्य अन्तिम चरणमा पुर्‍याएको छ ।

Crest

२०५८ असोज १२ गते देखि सो बैंकले रत्ननगर नगरपालिका १, बकुलहर, टाँडी, चितवनमा केन्द्रीय कार्यालय र टाँडी, यज्ञपुरी, भरतपुर, नारायणगढ र पर्सामा शाखा कार्यालयहरू खोली बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS