IME Life
GBIME

गार्डियन माइक्रो लाइफको आइपीओमा पर्यो साढे पाँच गुणा बढी आवेदन

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ निष्कासनको दोस्रो दिनमा साढे पाँच गुणा बढी आवेदन परेको छ । सीडीएससीको तथ्यांकअनुसार आज साँझ ५ बजेसम्म यो कम्पनीको आइपीओमा ७ लाख ५५ हजार ७९६ जनाले १ करोड ५ लाख ७८ हजार २३० कित्ता शेयर खरिद आवेदन दिएका छन्। यो भनेको मागभन्दा ५.७३ गुणा बढी हो।

कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि पुस २१ गते आइपीओ बिक्री खुला गरेको छ। कम्पनीले धितोपत्र बोर्डबाट चुक्तापुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँको आइपीओ बिक्री गर्ने अनुमति पाएको थियो।

Crest

सोहीबमोजिम कम्पनीले नियमानुसार वैदेशिक रोजगारमा रहेका नेपालीलाई कुल अनुमतिको १० प्रतिशत अर्थात २ करोड २५ लाख रुपैयाँबराबरको आइपीओ गत मंसिर १९ गतेदेखि पुस ३ गतेसम्म बिक्री गरेको थियो।

आइतबारदेखि कम्पनीले दोस्रो चरणमा ३ प्रतिशतले हुन आउने ६७ हजार ५०० कित्ता आफ्ना कर्मचारीलाई, ५ प्रतिशतले हुन आउने १ लाख १२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई र बाँकी १८ लाख ४५ हजार कित्ता सर्वसाधारणलाई बिक्री खुला गरेको हो।

सर्वसाधारणका लागि जारी आइपीओमा पुस २४ गतेसम्म आवेदन दिन सक्छन्। लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि खरिद आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक कुमारी क्यापिटलका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयरबाट अनलाइन खरिद आवेदन दिन सक्नेछन्।

गार्डियन माइक्रो लाइफ आइपीओ अनुमति पाउने र जारी गर्ने पहिलो लघु बीमा कम्पनी हो।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS