काठमाडौं । सोमबार नेप्से परिसूचक २६४०.६८ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक ४९.१२ अंकले बढेको छ।
बजारमा ६ अर्ब ३० करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ७५ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३६ करोड ४ लाख रुपैयाँको खरिद छ भने ३९ करोड ७३ लाख रुपैयाँको बिक्री छ।
त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ३४ बाट २३ करोड ७३ लाख रुपैयाँको खरिद र २० करोड ६१ लाख रुपैयाँको बिक्री छ।
आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये २ ब्रोकरले खरिद धेरै गरेका छन् भने ३ ब्रोकरले बिक्री धेरै गरेका छन्।