काठमाडौं । आज शेयर बजार भारी अंकले बढेर बन्द भएको आज आज शेयर बजार नेप्से परिसूचक ४९ दशमलव १२ अंकले बढेर २,६४० को विन्दुमा कायम भएको छ । आज २२६ कम्पनकिो शेयर मूल्य बढेको छ भने १२ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३१२ कम्पनीको १ करोड ५४ लाख ६१ हजार २६४ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ३० करोडको शेयर कारोबार भएको छ । आज एनआरएनको २९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । शाहस उर्जाको १३ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । पिपुल्स हाइड्रोपावरको १३ करोड ५८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ७० प्रतिशतका दरले कमाएका छन् । शाहस उर्जाका लगानीकर्ताले ८ दशलमव ७१ प्रतिशतका दरले कमाएका छन् । माया खोलाका लगानीकर्ताले ८ दशलमव ५९ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था र सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।