IME Life
GBIME

शेयर बजारमा ५ अंकको बृद्धि, हाइड्रोको शेयरमा झुम्मिए लगानीकर्ता

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ३२ अंकले बढेर २,५९१ को विन्दुमा कायम भएको छ । आज १४१ कम्पनीको शेयर मूल्य बढेको छ भने ९४ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३२७ कम्पनीको ९३ लाख ८६ हजार ७२१ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ८६ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै जानकी फाइनान्सको शेयर कारोबार भएको छ । आज यस कम्पनीको १९ करोड ९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिभर फल्स पावरको १७ करोड ३६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रसुवागढी हाइड्रोपावरको १२ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था, ग्रिन भेञ्चर र दोर्दी खोला हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । आज यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । दोल्ती पावरका लगानीकर्ताले ९ दशलमव ४४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ८ दशलमव ८८ प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS