IME Life
GBIME

रसुवामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाएकी विना बनिन् चौथो पटक एमडीआरटी

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सानिमा रिलायन्स लाइफ इनस्योरेन्स कम्पनीकी बिना कुमारी न्यौपाने चौथो पटक एमडीआरटी बन्न सफल भएकी छन् । रसुवाको पाटीखर्कमा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाउँदै आएकी विना विश्व बीमा अभिकर्ताहरुको साझा छाता सङ्गठन एमडीआरटीमा चौंथो पटक योग्य हुन सफल भएकी हुन् । यस कम्पनीमा उनले राम्रो कार्य प्रदर्शन गर्दै आइरहेकी छन् ।

यस अघि पनि उनले ग्लोबल कन्फ्रेन्समा भाग लिइसकेकी छन् । बीमालाई आर्थिक संस्कारको रुपमा विकास गर्नु पर्छ भन्ने धारणा राख्ने न्यौपाने बीमा बजारमा परिचित छिन् । उनका श्रीमान पनि अभिकर्ता पेसामा संलग्न छन्  । बीमा क्षेत्रमा सफल हुनुकोे श्रेय आफ्ना श्रीमान जयराम रिमाललाई दिने विनाले बताइन् । न्यौपाने जोडी हरेक ठाउँमा बीमा शिक्षा बाड्ने हेतुले पुग्ने गर्छन् ।

Crest

न्यौपाने दम्पती हाल सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स नेपालटार शाखाबाट काम गर्दै आइरहेका छन् ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

67%

खुसी

0%

दु :खी

0%

अचम्मित

33%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS