IME Life
GBIME

एलआईसीका विष्णुले हासिल गरे एमडीआरटीको आजीवन सदस्यता, ‘बीमा क्षेत्रमा भविष्य सुनौलो’

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । ‘केही हासिल गर्न सपना देख्न जरुरी छ’ भन्ने भनाइलाई साकार पार्दै एलआईसी नेपालका बीमा सल्लाहकार विष्णु तिमिल्सिनाले सन् २०१६ मा पहिलोपटक प्रतिष्ठित मिलियन डलर राउन्ड टेबल (एमडीआरटी) सदस्यता हासिल गरे। त्यसपछि उनले विश्वव्यापी प्रवृत्ति र परिस्थितिहरु अध्ययन गर्दै एमडीआरटीको मार्गदर्शन पालना गर्दै बीमा क्षेत्रमा अगाडी बढिरहे। यस क्रममा उनले यो पेसाको सुन्दरता पहिचान गरी बीमा पेसाप्रतिको जनमानसको सोचमा परिवर्तन ल्याउन तल्लीन रहे।

तिमिल्सीनाले एमडीआरटीको आजीवन सदस्य बन्ने सपना देखे र प्रत्येक वर्ष नियमित सदस्यता हासिल गर्न सफल हुँदै गए। अन्ततः निरन्तरता, मेहनत, समर्पण र स्पष्टताका कारण उनले आफ्नो सपना साकार पार्दै आजीवन सदस्यता प्राप्त गरे। यो उपलब्धि तिमिल्सिनाको करिअरको एउटा महत्वपूर्ण सफलता हो, जसले लगातार १० वर्षसम्म एमडीआरटी सदस्यको मान्यता प्रमाणित गर्दछ।एमडीआरटीको महत्त्वपूर्ण उपलब्धि

Crest

एमडीआरटीको आजीवन सदस्यता विश्वभरका जीवन बीमा र वित्तीय सेवाका उत्कृष्ट व्यावसायिकहरुको सूचीमा समावेश हुने प्रतिष्ठित अवसर हो। यो सदस्यताले तिमिल्सिनालाई अन्य शीर्ष व्यावसायिकहरुसँग नवीनतम विचार र उत्कृष्ट अभ्यासहरुको आदानप्रदान गर्ने विशेष अवसर प्रदान गरेको छ।

तिमिल्सिनाको प्रेरणादायी यात्रा

एलआईसी नेपालको पोखरा शाखाबाट १२ वर्षदेखि निरन्तर उत्कृष्ट व्यवसाय गर्दै आएका तिमिल्सिना विभिन्न देशमा आयोजना हुने एमडीआरटी सम्मेलनहरुमा सहभागी हुँदै आएका छन्। सन् २०१९ मा अस्ट्रेलियाको सिड्नीमा आयोजित एमडीआरटी ग्लोबल सम्मेलनमा उनले नेपालको प्रतिनिधित्व गर्दै राष्ट्रिय झन्डा फहराएका थिए। नेपालमा हालसम्म मात्र ५ जनाले एमडीआरटीको आजीवन सदस्यता हासिल गरेका छन्। तिमिल्सिना भने काठमाडौं उपत्यका बाहिरबाट यो सम्मान प्राप्त गर्ने पहिलो व्यक्ति बनेका छन्।
तिमिल्सिनाले आफू बीमा सल्लाहकार पेसाबाट सन्तुष्ट रहेको र जीवनभर यसै पेसामा समर्पित रहने दृढ अठोट व्यक्त गरेका छन्। उनले भने, ‘बीमा सल्लाहकारहरुले आर्थिक सुरक्षामात्र नभई वित्तीय व्यवस्थापन र जीवन बीमाको महत्त्वबारे समाजलाई सचेत बनाउने महत्त्वपूर्ण भूमिका खेल्छन्।’तिमिल्सिनाले नयाँ पुस्तालाई जीवन बीमा क्षेत्रमा भविष्य खोज्न सुझाव दिँदै भने, ‘यस क्षेत्रमा राम्रो आयआर्जनको सम्भावना छ। सफलताका लागि लगनशीलता, इमान्दारी, मेहनत र जोश आवश्यक छ। म मेरा ग्राहकको हितका लागि सधैँ उत्कृष्ट सेवा प्रदान गर्न प्रतिबद्ध छु। मेरो यो यात्रामा सहयोग गर्ने सम्पूर्ण बीमित र शुभचिन्तकलाई धन्यवाद दिन चाहन्छु।’

एमडीआरटीको महत्त्व

एमडीआरटी जीवन बीमा र वित्तीय सेवाका व्यावसायिकहरुका लागि विश्वको अग्रणी संस्था हो। यस सदस्यताले उच्च व्यावसायिक ज्ञान, नैतिक आचरण र उत्कृष्ट ग्राहक सेवाको प्रतीक मानिन्छ। एमडीआरटीले व्यावसायिकहरुलाई नवीनतम विचार र अवधारणामा आधारित रहन प्रेरित गर्दछ, जसले ग्राहकलाई लाभदायक समाधान र उत्कृष्ट सेवा प्रदान गर्न सक्षम बनाउँछ।

तिमिल्सिनाको यो उपलब्धिले नेपालको बीमा क्षेत्रको प्रतिष्ठा बढाएको छ। उनको यो यात्रा अन्य बीमा व्यावसायिकहरुका लागि प्रेरणाको स्रोत बन्नेछ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS