काठमाडौं । बीमा दोकान आज २०८१ पुस १८ गतेबाट छैठौं वर्ष पार गरेर सातौँ वर्षमा प्रवेश गरेको छ । कम्पनीले यो ६ बर्षको यात्रमा हजारौं नागरिकलाई आफ्नो सेवा उपलब्ध गराई सकेको छ । यस सुखद अवसरमा कम्पनीले सम्पुर्ण ग्राहक बर्गहरु, कर्मचारी तथा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सल्लाह सुझाव दिई सहयोग प्रदान गर्ने सम्पुर्ण महानुभावहरु प्रति हार्दिक आभार प्रकट गरेको छ ।
बीमा दोकानले बीमा क्षेत्रमा देखिएका कमीकमजोरीहरुलाई सुधार गर्दै अगाडी बढ्ने अठोट लिएको छ । कम्पनीले अहिले बीमालाई दैनिक ईएमआई मार्फत गर्दै आइरहेको छ । जसले गर्दा बीमा बजारमा बीमाबाट बन्चित रहेका ब्यक्तिहरुलाई पनि बीमाको दायरामा ल्याउन मद्दत पुगेको विश्वास छ । जुन बीमा क्षेत्रको लागी नै एक कोषेढुङगा साबित भएको छ । बीमा दोकानले बीमा क्षेत्रमा नै फरक तरिकाले आफुलाई बजारमा छुट्टै छाप बनाउन सफल भएको छ ।
कम्पनीले संस्थागत अभिकर्ता अन्तर्गत रही कार्य गर्दै आईरहेको छ । कम्पनीको मुख्य उद्देश्य भनेको बीमा क्षेत्रमा रहेको विभिन्न जानकारीहरुलाई ग्राहकहरु समक्ष सहज र सरल तरिकाले पुर्याउनु हो । त्यस्तै, सानो सानो आम्दानी भएका व्यक्तिहरुलाई पनि बीमा क्षेत्रमा वा बीमाको पहुँचमा ल्याउनुको साथै, बीमा सरेन्डर रेसियोलाई पनि न्युनिकरण गर्न बिभिन्न भूमिका निर्वाह गर्दै अगाडी बड्ने मुख्य योजना रहेको छ ।
आगामी दिनहरुमा सरल र सहज ठङगबाट बीमा पोलिसी सबैमाझ पुर्याउनुका साथै अझ उत्कृष्ट सेवा दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ ।