काठमाडौं । आज शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ४ दशलमव ६३ अंकले बढेर २,५८६ को विन्दुमा कायम भएको छ । आज १५६ कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ कम्पनीको मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रोका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । सामुदायिक लघुवित्तका लगानीकर्ताले ९ दशलमव ९६ प्रतिशतका दरले कमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव ९०प्रतिशतका दरले कमाएका हुन् ।