काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय गरगरे मार्फत रुद्रपुर खानेपानी संस्थालार्ई कम्प्युटर हस्तान्तरण गरेको छ । रुद्रपुर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई आवश्यक पर्ने कम्प्युटर एक कार्यक्रम गरी बैंकको सञ्चालक समिति सदस्य भिम प्रसाद तुलाचनले हस्तान्तरण गरे ।
कम्प्युटर हस्तान्तरण गरिएकोमा कार्यक्रमको प्रमुख अतिथि कन्चन गाउपालिका अध्यक्ष नबराज ढकाल र रुद्रपुर खानेपानी संस्थाका अध्यक्ष नाम बहादुर केसीले धन्यवाद ज्ञापन गरे । उक्त कार्यक्रममा कन्चन गाउँपालिका वडा न ३, ४ र ५ का वडा अध्यक्ष लगायत कामना सेवा विकास बैक लिमिटेडका बुटवल क्षेत्रीय प्रमुख खिम लाल भुसाल र खानेपानी संस्थाका समिति सदस्य एवम् कर्मचारीको उपस्थिति रहेको थियो ।
यससँगै बैंकले आगामी दिनहरुमा समेत सरोकारवालाहरुको समन्वय तथा सहकार्यमा यस्ता प्रकृतिका कार्यक्रमहरुलाई निरन्तरता दिनेछ ।