IME Life
GBIME

नयाँ वर्षको पहिलो दिन बढेर बन्द भयो शेयर बजार, १५० कम्पनीको मूल्यमा बृद्धि

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आज अंग्रेजी वर्षको पहिलो दिन शेयर बजार सामान्य बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव १० अंकले बढेर २,५८१ को विन्दुमा कायम भएको छ । आज १५० कम्पनीको शेयर मूल्य बढेको छ भने ८८ कम्पनीको मूल्य घटेको छ ।

आज दिनभरिमा ३०५ कम्पनीको ९४ लाख ३४ हजार ९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ५९ करोडको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनीको २१ करोड ८२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको ९ करोड ६९ लाख ६० हजार रुपैयाँको शेयर कारोबार भएको छ । त्रिशुली जलविद्युत कम्पनीको ९ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Crest

आज सबैभन्दा धेरै त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । आत्मानिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ९ दशलमव ९३ प्रतिशतका दरले कमाएका छन् । सुपर मादी हाइड्रोका लगानीकर्ताले ९ दशलमव ८३ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानकिर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS