काठमाडौं । हिमालय लाईफ इन्स्योरेन्स लिमिटेडमा कार्यरत सिनियर एजेन्सी म्यानेजर बिरादत्त भट्ट सन् २०२५ को लागि मिलिनियर डलर राउन्ड टेवल (एमडीआरटी) बन्न सफल भएका छ्न । निकै बिकट मानिने दर्चुला जस्तो जिल्लाबाट समेत झन्डै ५७ लाख ७० हजार ९२० रुपैयाँ बीमाशुल्क संकलन गरि आफुलाई अन्तरास्ट्रिय सम्मेलनमा सहभागी हुने योग्यता हासिल गरेका हुन् ।
विकट ठाउँबाट यो सफलता हासिल गर्नु उनको लागि चुनौति नै थियो । विभिन्न बाधा अवरोधका बावजुत पनि उनले आत्मबिस्वास ,निरन्तरता, शाखा प्रमुख नारायण ठगुन्ना तथा उप प्रादेशिक प्रमुख टेक राज आचार्यको निरन्तर हौसला र सपोर्टबाट यो सम्भव भएको उनले बताए ।
उनी यो पटक पहिलो पटक एमडीआरटी बन्ने अवसर पाएका हुन् भने अब निरन्तर १० बर्ष एमडीआरटी बनेर लाइफ टाइम एमडीआरटी उपाधी हासिल गर्ने लक्ष्य लिएका छन् ।