IME Life
GBIME

सन् २०२६ को एमडीआरटी बन्ने पहिलो अभिकर्ता भए दिनेश, एकैदिनमा लक्ष्य हासिल

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सका दिनेश अधिकारीले एकैदिनमा एमडीआरटीको लक्ष्य हासिल गरेका छन् । सन् २०२५ का लागि एमडीआरटीमा छनोट हुने समय हिजो डिसेम्बर ३१ बाट सकिएको छ । आज २०२५ जनवरी १ बाट २०२५ डिसेम्बर ३१ सम्मका लागि एमडीआरटी हुन तोकेको लक्ष्य हासिल गर्ने अभिकर्तामात्रै २०२६ का लागि एमडीआरटीमा छनोट हुनेछन् । अधिकारीले भने आज जनवरी १ कै दिन एमडीआरटीको लक्ष्य हात पार्न सफल भएका हुन्।

सन् २०२६ का लागि एमडीआरटीमा छनोट हुनका लागि प्रथम बीमाशुल्क ५३ लाख ९६ हजार ६०० रुपैयाँ रहेको छ । अधिकारीले उक्त लक्ष्य हात पारिसकेका छन् ।

Crest

सन् २०२६ का लागि उक्त लक्ष्य हासिल गर्ने पहिलो अभिकर्ता नै अधिकारी बन्न पुगेका छन् । कम्पनीले दिने हरेक लक्ष्य अधिकारीले पूरा गर्छन् । उनी बीमा बजारमा परिचित अभिकर्तामध्येका एक हुन् ।

अधिकारी सिटिजन लाइफको ताप्लेजुङ शाखाका एजेन्सी म्यानेजर हुन् । उनको अबको लक्ष्य भनेको टप अफ द टेबल (टीओटी) बन्ने रहेको छ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

70%

खुसी

0%

दु :खी

5%

अचम्मित

0%

उत्साहित

25%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS