काठमाडौं । वर्ष २०२४ लगानीकर्ताको लागि राम्रै रह्यो । यो वर्ष नेप्से परिसूचक २४ दशमलव ५३ प्रतिशतले वृद्धि भएको छ । वर्ष २०२३ मा २ हजार ६८ दशमलव ९० को विन्दुमा बन्द भएको बजार वर्ष २०२४ मा २ हजार ५७६ दशमलव ५० मा बन्द भएको छ । एक वर्षमा नेप्से परिसूचक ५०७ दशमलव ६० अंकले वृद्धि भएको छ ।
यो वर्ष सबै समूहगत परिसूचक बढेका छन् । १३ समूहगत परिसूचकमध्ये व्यापार समूहको समूह सर्वाधिक वृद्धि भएको छ । एक वर्षको अवधिमा व्यापार समूहको परिसूचक सर्वाधिक ५८ प्रतिशतले वृद्धि भएको छ । त्यस्तै दोश्रोमा फाइनान्स समूह रहेको छ । फाइनान्स समूहको सूचक करिब ५७ प्रतिशतले वृद्धि भएको छ । यो वर्ष सबै भन्दा कम म्युचुअल फण्डको परिसूचक ७ दशमलव २५ प्रतिशत वृद्धि भएको छ ।
वर्ष २०२४ को जुलाई महिनाको सुरुबाट बजार आक्रामक रुपमा वृद्धि हुन थालेको थियो । त्यसको डेढ महिना भित्र अर्थात अगस्टको मध्यमा बजारले यो वर्षको उच्च विन्दु ३ हजार छोएर फर्किदा त्यस पछि भने बजार घट्दो ट्रेन्डमा नै रहेको छ । सो अवधिमा बजारले आकर्षक कारोबार रकम सहित बजारले मुमेण्टम समाते पनि दिर्घकालीन लगानीकर्ताको अभावमा बजारको वृद्धि धेरै दिन टिक्न सक्ने ।