IME Life
GBIME

लघु बीमामार्फत ११ निर्जीवन बीमकले संकलन गरे ३४.७१ करोड प्रिमियम, कसको कति ?

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । आर्थिक वर्ष २०८१ /८२ को मंसिर मसान्तसम्ममा ११ कम्पनीले लघु बीमा मार्फत कुल ३४ करोड माथि बीमाशुल्क संकलन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार लघु बीमा व्यवसाय गर्ने ११ बीमकले १ लाख ३७ हजार ९७४ वटा बीमा पोलिसी बिक्री गरी कुल ३४ करोड ७१ लाख ११ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

यी कम्पनीहरुले मंसिर महिनामा मात्रै ३२ हजार ६२२ वटा बीमा पोलिसी बिक्री गरी कुल ७ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।

Crest

मंसिर मसान्तसम्ममा नेको इन्स्योरेन्सले २ हजार ७९७ वटा बीमा पोलिसी विक्री गरी कुल ७३ लाख ३९ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएन्टल इन्स्योरेन्स कम्पनीले १ वटा बीमा पोलिसी बिक्री गरी २ हजार रुपैयाँ बीमाशुल्क संलन गरेको छ । नेशनल इन्स्योरेन्सले ४ वटा बीमा पोलिसी बिक्री गरी १ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । प्रभु इन्स्योरेन्सले २ वटा बीमा पोलिसी बिक्री गरी कुल १ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
शिखर इन्स्योरेन्सले १६ सय १ वटा बमिापोलिसी बिक्री गरी कुल २ लाख ३७ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले २ वटा बीमा पोलिसी बिक्री गरी १ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले १८२ वटा बीमा पोलिसी बिक्री गरी कुल ६ लाख ५६ हजार रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

नेपाल माइक्रो इन्स्योरेन्सले ३९ हजार ८६६ वटा बीमा पोलिसी बिक्री १० करोड १२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३० हजार ३६१ वटा बीमा पोलिसी बिक्री ८ करोड ३१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । स्टार माइक्रो इन्स्योरेन्सले ३५ हजार १ सय वटा बीमा पोलिसी बिक्री ७ करोड ७२ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ट्रष्ट माइक्रो इन्स्योरेन्सले २८ हजार ५८ वटा बीमा पोलिसी बिक्री ७ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS