काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक ३३.०८ अंकले घटेर २५७६.५० को विन्दुमा झरेको छ।
बजार घट्दा १२ वटा उपसमूहमा गिरावट आएको छ भने एउटामा मात्रै बढोत्तरी देखिएको छ। यो दिन अन्य समूह ०.०६ प्रतिशतले बढ्दा वित्त समूह सर्वाधिक ५.१९ प्रतिशतले घटेको छ।
आज २८ कम्पनीको शेयरभाउ बढेको छ भने २१३ वटाको घटेको छ। यो दिन ३ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
बजारमा आज ५ अर्ब ६७ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार प्रभु बैंकको भएको छ।
आज उच्च कारोबार भएका १० कम्पनी
- प्रभु बैंकः ३५ करोड ९४ लाख रुपैयाँ
- नेपाल फाइनान्सः १७ करोड ८७ लाख रुपैयाँ
- जानकी फाइनान्सः १४ करोड ४२ लाख रुपैयाँ
- एनएलजी इन्स्योरेन्सः १२ करोड २८ लाख रुपैयाँ
- एनआरएन इन्फ्रास्ट्रक्चरः ११ करोड ९४ लाख रुपैयाँ
- सुपर मादी हाइड्रोपावरः ९ करोड ८७ लाख रुपैयाँ
- पिपुल्स हाइड्रोपावरः ८ करोड ६५ लाख रुपैयाँ
- बेस्ट फाइनान्सः ८ करोड ३४ लाख रुपैयाँ
- समृद्धि फाइनान्सः ८ करोड २३ लाख रुपैयाँ
- प्रोग्रेसिभ फाइनान्सः ७ करोड १३ लाख रुपैयाँ