काठमाडौं । आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ३३ दशलमव ०८ अंकले घटेर २,५७६ को विन्दुमा कायम भएको छ । आज २८ कम्पनीको शेयर मूल्य बढेको छ भने २१३ कम्पनीको मूल्य घटेको छ ।
आज दिनभरिमा ३०८ कम्पनीको १ करोड ३१ लाख ७४ हजार ३७९ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ६७ करोड माथिको शेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै प्रभु बैंकको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नेपाल फाइनान्सको १७ करोड ८७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । जानकी फाइनान्सको १४ करोड ४२ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नाडेप लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ४ दशमलव ०१ प्रतिशतका दरले कमाएका हुन् । उपकार लघुवित्तका लगानीकर्ताले ४ प्रतिशतका दरले कमाएका छन् । निफ्राका लगानीकर्ताले ३ दशलमव ३२ प्रतिशतका दरले कमाएका हुन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्स, जानकी फाइनान्स र पोखरा फाइनान्सका लगानकिर्ताले गुमाएका छन् । आज यी कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।